"म लुटिदै गए, चिच्याए, छिमेकी सुन्दै गरे, कोही आएनन्" : बलात्कृत बालिका
अजय अनुरागी || जनकपुरधाम, २५ चैत्त । धनुषाको शाहीद नगर नगरपालिकामा कक्षा ७ मा पढिरहेकी १४ बर्षिय एक जना बालिकालाई त्यही गाउँका दुइ जनाले सामुहिक बलात्कार गरेको घटनामा एउटा नया तथ्य फेला परेको छ । त्यो तथ्य के हो भने बालिकाले संरक्षणका लागी आफ्नो टोलका घर घर पुगेर गुहार माँगेकी थिइन् तर, समाजका कुनै

२०७४ चैत २५ आइतबार, राति ८:१६ बजे९ मिनेट पढाइ
अजय अनुरागी ||
जनकपुरधाम, २५ चैत्त ।
धनुषाको शाहीद नगर नगरपालिकामा कक्षा ७ मा पढिरहेकी १४ बर्षिय एक जना बालिकालाई त्यही गाउँका दुइ जनाले सामुहिक बलात्कार गरेको घटनामा एउटा नया तथ्य फेला परेको छ ।
त्यो तथ्य के हो भने बालिकाले संरक्षणका लागी आफ्नो टोलका घर घर पुगेर गुहार माँगेकी थिइन् तर, समाजका कुनै पनि व्यक्तिले त्यो रात उनलाई संरक्षण दिन चाहेनन्न् । घरमा बुवा आमा कोई पनि नरहेको बेला ती पिडीतले सुरक्षाका लागी टोलका धेरै जसो छिमेकीको ढोका घचघच्याएकी थिइन्, तर त्यो रात उनलाई कसैले पनि आश्रय स्थल दिन मानेनन् । गाउँका ती दुई जना अपराधीहरूको आतंक र भयका कारण गाउँका कुनै पनि व्यक्तिले संरक्षणका लागी हात अगाडी बढाईदिएनन् ।
१४ चैत्र २०७४ का दिन शहीद नगर नगरपालिकाको वडा नम्बर ८ स्थित बिषरभोरा भन्ने गाउँमा राती १० बजेको समयमा सोहि गाउँका दुई जना अपराधीले एक जना १४ बर्षकी बालिकालाई जबर्जस्ती उठाएर मुख बाँधेर पर खेतमा लगेर सामुहिक बलात्कार मात्रै गरेनन्, बलात्कार गर्दै गर्दाको अस्लील भिडियो समेत मोबाइलमा बनाई पिडित बालिकालाई ज्यान लिने प्रयास समेत गरेका थिए । सोही गाउँका शहीद नगर नगरपालिका वडा नम्बर ८ बस्ने धनीक लाल नर्सरिया यादवको छोरा बर्ष २५ का भुटाइ भन्ने मनोज न नर्सरिया यादव र सोहि गाउँका रामजतन बिराजीका छोरा २४ बर्षीय दिपेश बिराजीले उक्त बालिकालाई मुख बाँधी घर भन्दा पर स्थानीय मंसीब गोइतको खेतमा लगेर जबर्जस्ती सामुहिक बलात्कार गरेका थिए ।
ती बलात्कारीहरूले बलात्कार गरेर मोबाइलमा भिडियो समेत बनाई कसैलाई भनिदिए ज्यानले मारिदिने तथा भिडियो इन्टरनेटमा सार्बजनिक गरि दिने भनेर धम्की दिएका थिए । त्यस पछि ती बालिकालाई ज्यान मार्ने उद्देश्यले गम्छाले घाँटी झुन्ड्याउने प्रयास समेत गरे पनि कसै गरी ती बालिका तिनीहरूको चंगुलबाट भाग्न भने सफल भएको पिडित बालिकाले त्यो कालो रातको स्मरण गर्दै लोकान्तरलाई बताए । त्यो घटना स्मरण गर्ने बित्तिकै बालिका अझै पनि डराउने गर्छन् जो की लोकान्तारकर्मीले पनि उनको घर पुग्दा देखियो ।
घटना भएको दिन बालिकाका आमा र बुवा उनको मामाघर सिरहा स्थित माइत गएका थिए । घरमा बालिकाकी फुफु मात्र रहेको मौका छोपेर ती दुई जना अपराधीहरूले बलात्कार गरी ज्यान लिने प्रयास गरेका थिए । जब उनी भाग्ने प्रयास गरेकी थिइन्, भाग्ने बेला गहुँको खेतमा लडिन् । ती अपराधीहरू पनि उनलाई लखेटी रहेका थिए, तर उनी गहुँको खेतमा लुकेर आफ्नो ज्यान जोगाउन सफल भईन् । घर आए पछि रुँदै मामाघर गएकी आमालाई फोन गरेर वृतान्त सुनाईन र, आफुलाई उनीहरूले मारिदिने धम्की दिंदै लखेटी रहेको भने पछि एक जना छिमेकीको घरमा गएर सबै कुरा बताउन आमाले छोरीलाई भनिन् । त्यस पछि उनले छिमेकका केही आइमाई तथा पुरुषहरूलाई समेत सबै कुरा बालिकाले सुनाईन् ।
दुर्भाग्य के देखियो भने कसैले पनि नजिकैको प्रहरी चौकी तथा ईलाका प्रहरी कार्यालयमा खबर समेत गरि दिएनन् । त्यो, रात ती पिडित बालिकालाई रात भरि सुरक्षित साथ् राखी दिन गाउँका कोइ पनि तयार भएनन्, घटना भएको एक साता पछि स्थलगत अध्ययनका लागी २१ चैत्रका दिन पिडीतको घरमै पुगेका लोकान्तरकर्मीलाई पिडीतको आमाले गहभरी आँखामा आँशु झार्दै बताईन् । ज्यानको समेत असुरक्षा देखिएकाले एक्लै फुफुको सुरक्षा पर्याप्त नहुने भनेर आफ्नो घरमा नबसेर छिमेकीकै घरमा रात काट्न छोरीलाई पठाएँ, तर, ती अपराधीहरूको डरले कसैले पनि आफ्नो घरमा राख्न समेत तयार भएनन्, पिडितकी आमाले भनिन्, ‘म नभएको अबस्था र त्यत्रो बिजोग परेको बेला फोन गरेर अरु कसैको घरमा बस्न भनेकी थिएँ ,तर मेरी छोरीलाई कसैले पनि आश्रय दिएनन ।’





















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…