अस्पतालबाट छोराको लास छुटाउन भिख माग्दै एक बुवाको भिडियो भाईरल (भिडियो सहित)
त्यसपछि निस्सहाय ठाकुर दम्पतीले सहयोगका लागि भीख माग्ने निर्णय गरे । “हामी गरिब मान्छेले कसरी यति ठूलो पैसा तिर्नेरु” छोराको अन्तिम संस्कार गर्न पाउने आशा गर्दै ठाकुरले एएनआई समाचारसंस्थासँग भनेको बिबिसिले जनाएको छ । ‘लज्जाको विषय’

२०७९ जेठ २६ बिहीबार, बेलुकी ५:१३ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, जनकपुरधाम । अस्पतालबाट छोराको शव लिनका लागि पैसा जुटाउन भारतमा एक दम्पतीले भिक्षा माग्दै गरेको भिडिओका कारण भारतमा चर्को आक्रोश उत्पन्न भएको छ ।
नेपालसँग सीमा जोडिएको भारतीय राज्य बिहारको समस्तिपुरमा खिचिएको उक्त भिडिओमा ती शोकाकुल महिला र पुरुष ढोकाढोका चहारेर अरूसँग सहयोग माग्दै गरेको देखिन्छ ।
अस्पतालका कर्मचारीहरूले आफ्ना छोराको शव दिन ठूलो रकम मागेको उनीहरूले भनाइ छ । छोराको शव पाउनकै लागि आफूहरू भीख माग्न बाध्य भएको उनीहरूले बताएका छन् ।
अस्पतालले भने घुस मागेका भनिएका कर्मचारीमाथि कारबाही गरिने जनाएको छ । यो जोडीको हताश अवस्थाले अस्पतालमा दुर्व्यवहार खेपिरहेका र आफ्नो काम लिनका लागि घुस खुवाउन बाध्य हजारौँ गरिब भारतीय परिवारहरूको पीडा प्रतिबिम्बित गर्छ ।
समाचारसंस्थालाई बताएअनुसार उनीहरूका छोरा केही दिनअघि बेपत्ता भएका थिए । तर यसै साताको सुरुमा महेशलाई एक व्यक्तिले फोन गरेर उनका छोराको मृत्यु भएको जानकारी दिए ।
छोराको मृत्युको कारण थाहा हुन बाँकी नै रहेको र उनको शव सहरको सदर अस्पतालमा रहेको जानकारी उनलाई दिइयो । अस्पताल पुग्दा एक जना कर्मचारीले शव दिनका लागि ५०,००० भारतीय रुपैयाँ घुस मागेको ठाकुरको आरोप छ ।
त्यसपछि निस्सहाय ठाकुर दम्पतीले सहयोगका लागि भीख माग्ने निर्णय गरे । “हामी गरिब मान्छेले कसरी यति ठूलो पैसा तिर्नेरु” छोराको अन्तिम संस्कार गर्न पाउने आशा गर्दै ठाकुरले एएनआई समाचारसंस्थासँग भनेको बिबिसिले जनाएको छ ।
‘लज्जाको विषय’
यो दम्पतीको भिडिओ सामाजिक सञ्जालमा भाइरल भएपछि मानिसहरूले आक्रोश व्यक्त गरेका छन् । उक्त अस्पतालका चिकित्सक एसके चौधरीले घटनाबारे आफूले बुझिरहेको बताएका छन् ।
“यसमा जिम्मेवार पाइएका व्यक्तिलाई त्यसै छोडिने छैन,” एनडीटीभी समाचार च्यानलले उनलाई उद्धृत गरेको छ, “यो मानवताका लागि नै लज्जा हो ।”
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्

लेखक
















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…