सहकारीको आयकरमा ५० प्रतिशत वृद्धि सरकारको मनोमानी हामी मान्दैनौँ : प्रमुख साह
प्रमुख साहले ऐनमा उल्लेख भएको विषयलाई सम्बोधन गर्न माग गरेका छन्।

२०७९ जेठ २३ सोमबार, राति ८:०७ बजे१ मिनेट पढाइ
प्रमुख साहले ऐनमा उल्लेख भएको विषयलाई सम्बोधन गर्न माग गरेका छन्।

२०७९ जेठ २३ सोमबार, राति ८:०७ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, जनकपुरधाम । सरकारले आगामी आर्थिक वर्षदेखि सहकारीको आयकरमा ५० प्रतिशत वृद्धि गरेपछि सहकारीकर्मीहरुले नमान्ने चेतावनी दिएको छ ।
सोही क्रममा लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) का केन्द्रीय सहकारी विभाग प्रमुख सँजय कुमार साहले सरकारले गरेको आयकर (टैक्स) वृद्धिको विरोध जनाउँदै सरकारको निर्णय नमान्ने बताएका छन् ।
सरकारले आगामी आर्थिक बर्षको बजेटमा सहकारीले तिर्नुपर्ने आयकरमा ५० प्रतिशतले बृद्धि गरेकोमा आपत्ति जनाउँदै सो निर्णय सच्याउनुपर्ने माग गरेका छन् ।
अर्थमन्त्री जनार्दन शर्मालाई सोमबार भेटी सहकारी ऐन, २०७४ अनुसार करको समायोजन गर्न जोडदार माग गर्दै उनले निर्णय नसच्चिए देशव्यापी रुपमा आन्दोलन गर्ने चेतावनी समेत दिएका छन् ।
सहकारी ऐन २०७४ बमोजिम दर्ता भएको सहकारी संस्थाले कर छुट हुने कारोबार बाहेकको कारोबार गरेमा नगरपालिका क्षेत्रभित्र संचालन भएकोमा ७.५ प्रतिशत, उपमहानगरपालिका क्षेत्रभित्र संचालन भएकोमा १० प्रतिशत र महानगरपालिका क्षेत्रभित्र संचालन भएकोमा १५ प्रतिशत कायम गरेको छ ।
यस अघि सहकारी ऐन २०७४ मा तोकिएकै आधारमा नगरपालिका क्षेत्रमा ५ प्रतिशत, उपमहानगरमा ७ र महानगरपालिका क्षेत्रभित्र संचालन भएका सहकारीको हकमा १० प्रतिशत रहेको थियो ।
गाउँपालिकाको हकमा भने कर छुट रहेको छ । महासंघको पहलकदमीमा आर्थिक वर्ष २०७७/७८ बजेटमार्फत सहकारी ऐन २०७४ अनुसार आर्थिक ऐनमा व्यवस्था भई आयकर समायोजन भएको थियो ।
महासंघका अध्यक्ष मिनराज कडेलको नेतृत्वमा अर्थमन्त्रालय पुगेको सहकारीकर्मीको टोलीले सहकारी ऐनमा नै आयकरको स्पष्ट व्यवस्था गरिएको र विगतका वर्षदेखि सोही अनुरुप भएको आयकरलाई आर्थिक विधेयकमार्फत बृद्धि गर्न नहुने बताएपछि लोसपाका सहकारी विभाग प्रमुख साहले सोही अनुसार सरकारले माग सम्बोधन गर्नुपर्ने माग गरेका छन् ।
प्रमुख साहले ऐनमा उल्लेख भएको विषयलाई सम्बोधन गर्न माग गरेका छन्। उनले स्थानीय किसानहरु मात्र नभई आम नागरिकलाई एक अभिन्न अँग र बचतको लागि उत्तम माध्यमको लागि सहकारी भएपछि यसरी कर वृद्धि गर्नु समग्र बचतकर्ताहरुमाथि अन्याय भएको बताए ।
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।
कृषि/ कृषक
५ घण्टा अगाडि
गोरखामा बूढीगण्डकीको भीषण बाढी, ३५ घर बगे, तटीय बस्तीका बासिन्दामा त्राहिमाम१७ घण्टा अगाडि
जनकपुरमा ई–रिक्सासहित करिब ९ लाखको इलेक्ट्रोनिक्स सामान बरामद२० घण्टा अगाडि
जंतरमन्तर जान लागेका पूर्व मुख्यमन्त्री एवम् आम जनता पार्टीका सँयोजक अरविन्द केजरीवाल पक्राउ२१ घण्टा अगाडि
जनकपुरमा युवक हत्या प्रकरणः गुण्डासहित उनको आमाबुवामाथि समेत कर्तव्य ज्यानमा जाहेरी१ दिन अगाडि
दिल्लीमा प्रदर्शनअघि सीजेपीका संस्थापक अभिजीत दीपके पनि हिरासतमा१ दिन अगाडि
दिल्लीमा CJP प्रदर्शनअघि युट्युबर ध्रुव राठी गुरुग्रामबाट हिरासतमाअसोज २०८३
आइतबार · प्रतिपदा
तस्बिर: Mithunkunwar9 / Wikimedia Commons / CC BY-SA 4.0आइतबार · प्रतिपदा
घटस्थापना, नवरात्र (दशैँ) आरम्भ
घटस्थापना, जसलाई नवरात्रको पहिलो दिनको रूपमा पनि चिनिन्छ, दसैं पर्वको आरम्भ गर्ने विशेष अवसर हो। यस दिन देवी दुर्गाको पूजा आरम्भ गरिन्छ र घट (सधैं) राख्ने अनुष्ठान गरिन्छ। यस अवसरमा श्रद्धालुहरू चाकु वा चाँदीको घटमा दुर्गामाता को चिन्हको साथ चामल राखेर पूजा गर्छन् र चन्द्रमा ग्रहण गर्ने आशासहित ९ दिनको उपवास तथा पूजा आरम्भ गर्छन्। दसैं चाडको यो आरम्भ जस्तो महत्व राख्छ, त्यसैले हरेक वर्ष भक्तजनहरूले यसलाई आस्था र श्रद्धाका साथ मनाउँछन्।
थप पढ्नुहोस्आउँदै गरेका पर्व
२०८३ असोज २४ शनिबार
मेषAries
चु, चे, चो, ला, लि, लु, ले, लो, अ
घरको कुनै कुनामा परिवर्तन गर्दा वातावरण नै फरक महसुस हुनेछ। परिवारसँग मिलेर गरेको कामले आपसी निकटता बढाउनेछ। संगीत, प्रकृति वा शान्त वातावरणमा बिताएको समयले मनलाई स्फूर्ति दिनेछ। आजको शुभ रंग हल्का सुनौलो हो भने शुभ अंक २ रहेको छ।
व्यङ्ग्यात्मक कार्टुन
२०८३ असोज २४ शनिबार
ओ ! ब्रो !!
टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…