धनुषामा विद्यार्थीसँग गैर कानुनी रुपमा रकम असुली
दीपेन्द्र सिँह || जनकपुरधाम, २५ चैत्त । धनुषाको एक समुदायिक विद्यालयमा विद्यार्थीहरुसँग गैरकानुनी रुपमा अवैद्य रकम असुली गरेका खुलासा भएको छ । धनुषाको बटेश्वर गाउँपालिका वडा नं. १ स्थित लक्ष्मी मा।बि।मा कक्षा ८ का विद्यार्थीलगायत कक्षा १ देखी कक्षा ९ सम्मका विद्यार्थीसँग परिक्षाको नाममा गैरकानुनी रु

२०७४ चैत २५ आइतबार, दिउँसो १२:१८ बजे२ मिनेट पढाइ

दीपेन्द्र सिँह ||
जनकपुरधाम, २५ चैत्त ।
धनुषाको एक समुदायिक विद्यालयमा विद्यार्थीहरुसँग गैरकानुनी रुपमा अवैद्य रकम असुली गरेका खुलासा भएको छ ।
धनुषाको बटेश्वर गाउँपालिका वडा नं. १ स्थित लक्ष्मी मा।बि।मा कक्षा ८ का विद्यार्थीलगायत कक्षा १ देखी कक्षा ९ सम्मका विद्यार्थीसँग परिक्षाको नाममा गैरकानुनी रुपमा असुली गरिएको छ ।
लक्ष्मी मा बि चित्रपुरका प्र। अ। श्याम सिंहले श्रोत व्यक्ति बद्रीनारायण यादवलेप्रती विद्यार्थी २ सय असुली गरि १ सयको दरले आफुलार्इ दिन र बाँकी स्कुलमा चिया ,नास्ता,र परिक्षा कपि जाँच्न खर्च गर्न भनेको बताएका छन ।
श्रोत व्यक्ति यादवको मोबाइल स्विच अफ गरिएकाले सम्पर्कमा आउन सकेको छैन ।
सरकारले जिल्ला शिक्षा कार्यालयमाफर्त कक्षा ८ को लागी पठाएको रकम सम्बन्धित नगरका शिक्षा शाखाका अधिकारीहरुले पेश्की स्वरुप १०० को दरले पेश्की समेत बुझी सकेको जिल्ला शिक्षा अधिकारी यमबहादुर खड्काले बताएका छन ।
अधिकारी खड्काले कक्षा ८ को परिक्षाको लागी विद्यार्थीसङ रकम असुलि गर्नु गैरकानुनी रहेको भन्दै उनले भने अब माध्यमिक तहसम्मको शिक्षाको अधिकार स्थानीय तहमा गईसकेकाले आफुहरुले निति नियमबारे जानकारी सल्लाह , सुझाव दिने हो तर यसको अनुगमन तथा काम कार्वाही भने स्थानिय तहले नै गर्नु पर्ने बताएका छन ।
यता, बटेश्वर गाउपालिकाका उपाध्यक्ष प्रर्मिला देबि महतोको घर छेउमै टासिएर रहेको बिधालयमा कक्षा १ देखी कक्षा ९ सम्ममा विद्यार्थीसङ गैरकानुनी रुपमा रकम असुली गरिएको बारे जानकारी गराउदा यसबारे आफुलाइ जानकारी नभएको र आरपिलाइ बैठकमा बोलाउदा समेत नाअएको बताईन ।
यसबारे बुझ्ने बताउँदै यस बिधालयमा कक्षा ६ का विद्यार्थीसँग ३ सयका दरले , कक्षा ७ मा ४ सय र कक्षा ९ मा ५ सयको दरले प्र . अ. र विद्यालय व्यवस्थापन समितिका अध्यक्ष राजदेव महतोको मिलिभगतमा गैरकानुनी रुपमा रकम असुली गरिदै आएको छ ।
सरकारले माध्यमिक तहसम्मको शिक्षा निः शुल्क भनिए पनि यस बिधालयमा भर्नाको नाममा प्रत्येक बर्ष रकम असुली गर्नुको साथै कक्षा ८ होस वा एस इ इ परिक्षा उतिर्ण गरेका विद्यार्थीसँग सर्टिफिकेटको नाममा प्रती विद्यार्थी २ हजारको दरले असुली गरिदै आएको चित्रपुर निवासी प्रेमकुमार महतोले आरोप लगाएका छन ।
उनले भने आफुले सर्टिफिकेट लिन स्कुल जादा ५,७ दिन दौडाएको दौडाए गरे पछि सर्टिफिकेट लिन २ हजार रुपैयाँ बिधालयका कार्यालय सहायक कपिलदेब महतोमार्फ्त लिएका प्र .अ. श्याम सिहके मार्कसिट हराएको भन्दै काठमाडौबाट ल्याउनु भनी चिट्ठी लेखेर दिए , आफुले काठमाडौबाट मार्कसिट ल्याउदा ५ हजार आउदा जादै र रसिदमा खर्च भयो , २ हजार सरले लिए र रसिद समेत नदिएको बताएका छन ।
बिधालयको आफ्नै लाखौंको बार्षिक आम्दानीको श्रोत जग्गा ठेक्का र आपको बगैचासहित बिधालयले जि.शि.का. बाट प्राप्त गर्ने रकम भएपनी बिधालयको आय व्यय र सामाजिक परिक्षण समेत हुने गरेको छैन ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…