TikToker युवतिले आफ्नै प्रेमीलाई घाँटी काटेर मारदिए
यता, हत्या काण्डमा उनकै साथ रहेका उनक भाई अभिषेकले दिदी लालसालाई हत्या नगर्न जति सम्झाएपनि उनले नमानेको प्रतिक्रिया दिएका छन् । प्रहरी दुवै जनालाई नियन्त्रणमा लिएर सोधपुछ जारी राखेको छ ।

२०७९ जेठ २३ सोमबार, दिउँसो १२:१४ बजे२ मिनेट पढाइ

न्यूज ब्यूरो, जनकपुरधाम । एक टिकटोकर प्रयोगकर्ता युवतिले आफ्नै प्रेमीलाई मारेको रहस्य खुलेको छ ।
यो घटना छिमेकी मुलक भारतको उत्तर प्रदेश राज्यको हो । जहाँ एक टिकटोकर युवतिले आफ्नै प्रहरी प्रेमीलाई घाँटी रेटेर ज्यान लिएको घटना बाहिरिएको छ ।
उत्तर प्रदेशको कानपुरस्थित प्रहरी देश दिपकको हत्याको रहस्य खुलेपछि प्रहरी पनि चकित छन् । उनको हत्या धारिलो हतियारले घाँटी रेटेर गरिएको हो ।
बिहार बस्ने एक टिकटोकर युवतिले दिपकको घाँटी रेटेर मारिदिएको प्रहरीको अनुसन्धानबाट खुलेको हो । उनी बिहारबाट आएर युपीसम्म पुगी मारेको हो ।
कानपुर पुलिसको अनुसार, बिहारको सिवान जिल्ला बस्ने लालसा नामक युवतिले गत २ जुनको दिन आफ्नो प्रेमीलाई मारेको हो ।
कानपुरस्थित बिल्हौर थानाका सिपाही समेत रहेका मृतक दिपकलाई उनको प्रेमिका बिहारबाट आएर हत्या गरिदिएको प्रहरीले जनाएको छ ।
टिकटोकर युवतिले दिपकलाई ज्यान मार्नको लागि बिहार राज्यबाट ५५० किलोमिटर दुरीमा उनले धारिलो हतियार लिएरै गएकी थिइन् । जानकारी अनुसार, कुनै पनि हालातमा दिपकलाई जिउँदो नछाडने मुडमा रहेको युवतिको बयानलाई उदृत गर्दै प्रहरीले जनाएको छ ।
टिकटोकर युवति लालसाले गत २ जुनको राती दिपकको घाँटी रेटेर फरार भइन् । प्रहरीको अनुसार, दिपकलाई टिकटोकर लालसासँग टिकटकबाटै प्रेम सम्बन्ध भएको थियो । त्यसपछि दिपकले लालसालाई कानपुर बोलाएर शादीको वाचा गर्दै सम्बन्ध बनाएका थिए ।
एक महिना अघि जब दिपकले आफ्नो बिहे मैनपुरीकै एक युवतिसँग गरे तब लालसाले उनीसँग बदला लिनको लागि दिपकको हत्या गरेको खुलेको हो ।
उनी ५५० किलोमिटर दुरीबाट आफूसँगै हतियार समेत बोकेर गएको प्रहरीले जनाएको छ । दिपक सिपाहीमा २०१९ मा भर्ती भएका थिए र टिकटकमा भिडियो पनि बनाउँदै आएका थिए ।
जब दिपक र लालसाको प्रेम भयो तब लालसा मात्र ईन्टरमा पढदै थिइन् । दिपकले बिहे गर्ने वाचा गरेर उनलाई दिल्ली पढन समेत जान नदिएको आरोप युवतिको छ । दिपकले धोका दिएर अरुसँग बिहे गरेपछि लालसाले आफ्नो भाई अभिषेकसँग कानपुर गएर दिपकको हत्या गरेको खुलेको छ ।
दिपकको हत्या गरेर पनि लालसामा कुनै पनि प्रकारको पश्चाताप नरहेको बताइएको छ । उनले आफ्नो जिन्दगी बबार्द पारेको, बिहे नगरेको, पढन नदिएर हत्या गरेकोले कुनै पश्चाताप नरहेको प्रतिक्रिया प्रहरीलाई दिएकी हुन् ।
यता, हत्या काण्डमा उनकै साथ रहेका उनक भाई अभिषेकले दिदी लालसालाई हत्या नगर्न जति सम्झाएपनि उनले नमानेको प्रतिक्रिया दिएका छन् । प्रहरी दुवै जनालाई नियन्त्रणमा लिएर सोधपुछ जारी राखेको छ ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…