मधेसको दाईजो प्रथा र बालविवाह विरुद्ध मिथिला सेवा समाज
न्यूज ब्यूरो || कुवेत , २४ चैत्त । मधेसी मूलका नेपालीहरुको समाजिक सँस्था अपन मिथिला सेवा समाज कुवेतले मधेसको दाईजो प्रथा र बालविवाहप्रति चासो लिएका छन् । समाजसँग आवद्ध कुवेतका सदस्यहरुले शुक्रबार जुमाको दिन बैठक बसी मधेसमा जल्दो बल्दो समस्या र विकृतिको रुपमा रहेको बालविवाह र दाईजोप्रथा विरुद्ध कसरी

२०७४ चैत २४ शनिबार, बिहान १०:३९ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो ||
कुवेत , २४ चैत्त । मधेसी मूलका नेपालीहरुको समाजिक सँस्था अपन मिथिला सेवा समाज कुवेतले मधेसको दाईजो प्रथा र बालविवाहप्रति चासो लिएका छन् ।
समाजसँग आवद्ध कुवेतका सदस्यहरुले शुक्रबार जुमाको दिन बैठक बसी मधेसमा जल्दो बल्दो समस्या र विकृतिको रुपमा रहेको बालविवाह र दाईजोप्रथा विरुद्ध कसरी

लडने विषयमा गहन छलफल गरेका छन् ।
तराई मधेसमा विद्यमान रहेको महिला हिँसा, दाईजो प्रथा र बालविवाह न्यूज तथा रोक्नको लागि गर्नुपर्ने विभिन्न प्रयासबारे चर्चा परिचर्चा गरिएको छ ।
कुवेत शाखाका अध्यक्ष मोहम्मद आयुप अनसारी सहित सदस्यहरु श्रीपाल दास, श्याम कुमार दास, सुनिल महरा , राम जतन साह, रासलाल पासवान, शिव कुमार यादब , शिव कुमार पासवान, तुलसी राम यादब , राज किशोर भण्डारी , बिजय पंडित , नागेन्द्र यादब , राम कुमार सदा , किशुन देब मुखिया लगातयको उपस्थितिमा उक्त मुद्दाहरुप्रति छलफल गरिएको हो ।

'सेवा नै धर्म, मानव सेवा नै धर्म' नाराका साथसाप्ताहिक रुपमा गरिने चर्चा परिचर्चाको क्रममा यो शुक्रवार यी तीन मुद्दामा कुराकानी गरेको अपन मिथिला सेवा समाज नेपाल, सउदी शाखाका अध्यक्ष राम कुमार महतोले बताए ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।














टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…