महोत्तरीमा करणी प्रयास रोक्दा आक्रमण , एकै परिवारका ४ घाईते
न्यूज ब्यूरो || जनकपुरधाम, २४ चैत्त । महोत्तरीमा गएराती स्थानीय केही व्यक्तिको आक्रमणले एकै परिवारका चार जना घाईते भएका छन् । महोत्तरी जिल्लाको औरही नगरपालिका वार्ड नं. ८ मा एक समूहले गए राती १२ बजे आक्रमण गर्दा स्थानिय वडा सदस्य २६ बर्षिय संजीव यादब, उनको काका ४५ बर्षिय सत्य नारायण यादब, उनका श्रीम

२०७४ चैत २४ शनिबार, बिहान १०:०४ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो ||
जनकपुरधाम, २४ चैत्त । महोत्तरीमा गएराती स्थानीय केही व्यक्तिको आक्रमणले एकै परिवारका चार जना घाईते भएका छन् ।
महोत्तरी जिल्लाको औरही नगरपालिका वार्ड नं. ८ मा एक समूहले गए राती १२ बजे आक्रमण गर्दा स्थानिय वडा सदस्य २६ बर्षिय संजीव यादब, उनको काका ४५ बर्षिय सत्य नारायण यादब, उनका श्रीमति बर्ष २४ की सँजु यादव र ४५ बर्षिय आमा लिलादेवी यादब सख्त घाईते भएका छन् ।
शुक्रबार बेलुकी ७ बजे स्थनीय विजय चौधरीले छिमेकी एक किशोरीलाई वनमा लगी जबरदस्ती करणी (बलात्कार) गर्न खोजपछि वडा सदस्य संजीव यादब सहित आफन्तले पक्राउ गर्न खोज्दा चौधरीले ती किशोरीलाई आपत्तिजनक अवस्थामै छाडेर भागेका पीडितको कथन छ ।
किशोरीलाई करणी गर्न नपाएको निहुँमा शुक्रवार राती १२ बजे १० ÷१२ जनाको समूहले सुतीरहेको अवस्थामा ढोका फोडी घरभित्र प्रवेश गरी वडा सदस्य यादव परिवार उपर खुकुरी प्रहार गरी घाईते बनाएका बताइएको छ ।
घाईतेहरुको अहिले जनकपुर अञ्चल अस्पतालमा उपचार भईरहेको प्रहरीले जिल्ला प्रहरी कार्यालय महोत्तरीले जनाएको छ ।
स्थानीयहरुका अनुसार घटनाको खबर प्रहरीलाई जानकारी गराउँदा पनि प्रहरीले कुनै चासो नदेखाएको र अहिले सम्म दोषीलाई पक्राउ गर्न नसकेको आरोप लगाएका छन् ।
यता, घटनामा सँलग्नहरुको पहिचान भईसकेको तथा घटनामा कुन हतियार प्रयोग गरिएको भनी यकिन हुन नसकेको तथा फरार भएकाहरुलाई खोजतलास तिव्र पारिएको प्रहरीले जनाएको छ ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…