जनकपुरको सबभन्दा ठुलो पोखरी "नोचा" को सौन्दर्यीकरण द्रुत गतिमा
घनश्याम मिश्र || जनकपुरधाम, २३ चैत्त । जनकपुर उप महानगरपालिका को वार्ड २० (रुपैठा) र १५ (रामपुर) को सीमामा पर्ने नोचा पोखरि (चुन चुन वती पोखरि) को सौन्दर्यीकरण द्रुत गतिमा भईरहेको छ । जनकपुर जटहि व्यपारिक मार्ग भन्दा ३ सय मिटर पूर्व र रामपुर बौहरवा परिक्रमा सड़क भन्दा ३ मिटर पश्चिम पर्ने उक्त पोखरीको

२०७४ चैत २३ शुक्रबार, दिउँसो १२:३५ बजे२ मिनेट पढाइ

घनश्याम मिश्र ||
जनकपुरधाम, २३ चैत्त ।
जनकपुर उप महानगरपालिका को वार्ड २० (रुपैठा) र १५ (रामपुर) को सीमामा पर्ने नोचा पोखरि (चुन चुन वती पोखरि) को सौन्दर्यीकरण द्रुत गतिमा भईरहेको छ ।
जनकपुर जटहि व्यपारिक मार्ग भन्दा ३ सय मिटर पूर्व र रामपुर बौहरवा परिक्रमा सड़क भन्दा ३ मिटर पश्चिम पर्ने उक्त पोखरीको लागि दु्रत गतिमा सौन्दर्यीकरणको कार्य भईरहेको छ ।

नेपाली कांग्रेसका नगर सभापति तथा स्थानीय तह निर्वाचनमा मेयरका प्रत्याशी समेत रहेका मनोज साहले यस पोखरि ९तलाव०लाई यस क्षेत्रकै नमूना पर्यटकीय क्षेत्रको रुपमा बनाउने लक्ष्य राखेर काम अगाडि बढेको बताउँछन् ।
साहका अनुसार अंदाजी ११ विघा १० कठा क्षेत्र फलमा अवस्थित रहेको नोचा पोखरि ज.उ.म. नगरपालिका को स्वामित्व रहेको भएपनि आर्थिक वर्षको आर्थिक वर्षको बजेटवाट उपेक्षा गरिएको प्रति दुख व्यक्त गरे ।

"यो पोखरी उप महानगर को रहेको मेयर साब किन बिर्शिनु भो रुू प्रश्न गर्छन ऊनि । बीघोंको क्षेत्रमा रहेको यस ठाऊ मा फन पार्क, पिकनिक स्पोर्ट, बोटिंग, स्विमिंग र स्वीमिंग पुल , ब्यायम स्थल, खाने पानी, कपल को लागि सघन पार्क सहित बानाउने दीर्घकालीन योजना अनुरूप हामी दिन रात मेहनत गर्दै छौं ।" मनोज भन्छन ।
अहिले भवन तथा शहरी कार्यालयले उपलब्ध गराएको ५ करोड़ को लागतमा घाट निर्माण, पिकनिकको लागि भवन , शौचालय सहितको कार्य भईरहेको छ ।

यस को सौन्दर्यीकरणको लागि पुनः दोश्रो पैकेज भवन तथा सहरी विकास कार्यालयले ५ करोड रुपैयाँको हाराहारीमा छुट्याउन लागेको कार्यालय श्रोत बताउछन ।
नोचा ठाकुरको नामबाट चर्चित नोचा पोखरिको ईतिहास सैकड़ो वर्ष पुरानो रहेको तथ्य त्यहाँ अबस्थित शिलालेखले समेत वर्णन गर्छन् ।
प्रदेश २ को राजधानी जनकपुरधामको मुख्य बजार भन्दा नजिकै रहेको यो स्थान नोचा पोखरि यस क्षेत्र कै सबै भन्दा ठुलो र आकर्षक पोखरिको रुपमा रहेको छ ।

तालको आकारमा रहेको यस पोखरीलाई यदि सरोकार वाला निकाय ले बिशेष ध्यान दिन हो भन्ने नमूना स्मार्ट पोखरि को रुपमा विकसित गर्न सकिने स्थानिय बुद्धिजीविहरु को भनाइ रहेको छ ।
यस पोखरीलाई बिशेष ध्यान दिएर काम गर्यो भन्ने पर्यटकहरुको केंद्र को रुपमा समेत विकास गर्न सकिने स्थानिय रुपैठा निवासी जयकृष्ण झाको भनाइ छ ।

यहां पोखरिको डीलको चार तीर बिभिन्न प्रजातिको आँप को, विक्स, वरपीपल, सिसौँ लगायतका रुखहरु विद्यमान रहेको छ ।
पोखरिको चार तीर बाटोको निर्माण गरिने र मुख्य सड़क जनकपुर जटहि र रामपुर (बौहरवा तीरबाट समेत बाटो निकालेर जोड़ने समेत कार्य भै रहेको वार्ड २० का अध्यक्ष भोगी झा बताउछन ।

















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…