महोत्तरीमा सिडिओको नाममा मिश्रको असुली धन्दा, दुई पटक परे पक्राउ
कहिले भन्सार कार्यालयका हाकिमको घुमुवा हुँ भनी खुलेआम रूपमा हाकिमहरु समेतलाई गुम्राहमा राखी रकम अशुल्ने कार्य गर्दै आएका छन् । प्रदेशमा जो प्रहरी प्रमुख भएर आए पनि मन जित्न सफल भएका मिश्रले अहिले दुई नम्बर प्रदेश अन्तर्गत रहेका विभिन्न जिल्लाहरुमा सर्वसाधारण तथा ब्यापारीहरु समेतलाई डर, त्रास धम्की दिदै रकम उठाउने अभियानमा लागेको स्रोतले बताएको छ ।

२०७९ जेठ ९ सोमबार, बेलुकी ६:१० बजे२ मिनेट पढाइ

न्यूज ब्यूरो, जनकपुरधाम । नेपाल प्रहरीको नाममा असुली धन्दाको क्रममा पक्राउ परेको महोत्तरीका मनोज मिश्र पुनः असुली धन्दामा सक्रिय भएका छन् ।
नेपाल भारत बोर्डरमा कहिले डिआईजीको घुमुवा हुँ, एसपीको घुमुवा हुँ भन्दै व्यापारी र तस्करहरुबाट रकम असुलीको क्रममा पक्राउ परेका मनोज मिश्र अहिले सिडिओको नाममा असुली धन्दा चलाएको खुलेको छ ।
सम्सी बोर्डर तर्फ महोत्तरीका प्रमुख जिल्ला अधिकारी बासुदेव दाहालको घुमुवा हुँ भन्दै बजार क्षेत्रबाट व्यापारीहरुसँग पुनः असुली धन्दा सुरु गरेका छन् ।
गत २०७७ सालमा असुली धन्दा प्रमाणीत भएपछि उनलाई धरौटीमा रिहा गरिएको थियो । सोही बर्षको असार तर्फ महोत्तरी प्रहरीले मनोज मिश्रलाई पक्राउ गरी सार्वजनिक अपराधको मुद्दा चलाएको थियो ।
त्यतिबेला तत्कालिन डिआईजी धीरज प्रताप सिँहको नाममा व्यापारीहरुबाट बोर्डरमा असुली गर्ने क्रममा उनी पक्राउ परेका थिए । सार्वजनिक अपराधको मुद्दामा उनलाई धरौटी राखेर रिहा गरिएको थियो ।
मनोज मिश्र कुनै बेला एसपीको घुमुवा, डिआईजीको घुमुवा हुँ भनेर असुली गर्दा दुई पटक पक्राउ परेर छुटेका हुन । उनी छुटे लगत्तै पुनः आफ्नो धन्दामा सक्रिय हुने गरेको स्थानीयहरु बताउँछन् ।
जलेश्वर नगरपालिका वडा नम्बर ६ धबौली बस्ने मनोज मिश्र यतिबेला सम्सी बोर्डरमा गएर महोत्तरीका सिडिओ दाहालको नाममा अवैद्य असुली कार्य गर्न थालेका छन् ।
सिडिओको मान्छे हुँ भनेर स्थानीय व्यापारीहरुसँग मासिक रकम उठाउने, तस्करलाई सहज पार्ने, प्रहरीलाई समेत गुमराह गर्ने जस्ता कार्यमा निरन्तर सक्रिय रहँदै आएको छ ।
कहिले भन्सार कार्यालयका हाकिमको घुमुवा हुँ भनी खुलेआम रूपमा हाकिमहरु समेतलाई गुम्राहमा राखी रकम अशुल्ने कार्य गर्दै आएका छन् ।
प्रदेशमा जो प्रहरी प्रमुख भएर आए पनि मन जित्न सफल भएका मिश्रले अहिले दुई नम्बर प्रदेश अन्तर्गत रहेका विभिन्न जिल्लाहरुमा सर्वसाधारण तथा ब्यापारीहरु समेतलाई डर, त्रास धम्की दिदै रकम उठाउने अभियानमा लागेको स्रोतले बताएको छ ।
“उनको जबरदस्तीको असुली धन्दाले त हामी आजित भयौं । पैसा माग्छन् , नदिए अडियो सुनाउँछन् र कार्वाही गर्छु भनी धम्की दिन्छन् ।”– नाम नखोल्ने शर्तमा एक व्यापारीले भने ।
उनी थप्छन् “आफूलाई सिडिओको पात्र रहेको भन्दै असुली धन्दालाई उनले वितण्डा मच्चाउने गरेका छन् । उनलाई कार्वाही कस्ले गर्ने ? उनले प्रश्न पनि गरे ।
यस सन्दर्भमा महोत्तरीका सिडिओ दाहालले आफू मनोज मिश्र भन्ने व्यक्तिलाई नचिनेको बताए । उनले आफ्नो नाममा कसैले केही गरेको छ भने यसको खोजबिन गरी कारवाही गरिने जनाए ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…