अधिकृत यादव र महासेठको मिलोमत्तोमा ४१ वटा भोँट गायब, पुनः गन्ती गर्दा भेटियो
यस सन्दर्भमा सिरहाका प्रहरी प्रमुखले सो बुथको मतगणनामा खटेको ईन्सपेक्टरको विस्तृत पता लगाएर दोषी ठहरिए कारवाही गर्ने बताए ।

२०७९ जेठ २ सोमबार, बेलुकी ७:१४ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, सिरहा । सिरहा जिल्लाको एक स्थानीय तहको चुनावको मतगणनामा निर्वाचन अधिकृत र सहायक निर्वाचन अधिकृतकै मिलोमत्तोमा एक उम्मेदवारलाई पराजीत गर्न भोँट चोरेको आरोप लगाइएको छ ।
सिरहाको नरहा गाउँपालिका वडा नम्बर ३ चोहर्बाको भोँट गन्तीको क्रममा कुल ५०० मत गन्ती गर्दा त्यसबाट ४१ वटा मत नै गायब भएकोमा पुनः गन्ती गर्दा सो मत मिलेको छ ।
त्यसको लागि नरहा गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत सुजित यादव र निर्वाचन अधिकृत नागेन्द्र महासेठले कार्यालय सहयोगी राम भरोसी यादवसँग मिलेर भोँट गन्ती अलमल पार्ने षडयन्त्र राखेको बताइएको छ ।
निर्वाचनको मतगणनामा खटेका एक प्रहरीले पनि मिलोमत्तो गरी मतलाई यताउता गर्न खोजेको आरोप उम्मेदवारका समर्थकहरुले लगाएका छन् ।
यस सन्दर्भमा सिरहाका प्रहरी प्रमुखले सो बुथको मतगणनामा खटेको ईन्सपेक्टरको विस्तृत पता लगाएर दोषी ठहरिए कारवाही गर्ने बताए ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…