भोँट खरिद गर्न पैसा बाट्ने क्रममा सिरहाबाट 'जसपा' का २ कार्यकर्ता पक्राऊ
दुवै जनालाई नियन्त्रणमा राखेर अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय सिरहाले जनाएको छ ।

२०७९ बैशाख २४ शनिबार, दिउँसो १:०८ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, सिरहा । आउँदो बैशाख ३० गते हुन लागिएको स्थानीय तहको चुनावको लागि जनता समाजवादी पार्टी (जसपा) नेपालका कार्यकर्तालाई पैसा बाँडने क्रममा पक्राउ गरिएको छ ।
मधेश प्रदेशको सिरहा जिल्लास्थितबाट सिरहा प्रहरीले दुई जनालाई पक्राउ गरेको हो ।
सिरहा नगरपालिका वडा नम्बर १ स्थितबाट भोँट माग्दै भोँट वापत पैसा बाँडिरहेको अवस्थामा जसपाका स्थानीय श्याम सुन्दर मण्डल र हरिदयाल पासवानलाई प्रहरीले पक्राउ गरेको हो ।
उनीहरुले वडाको मतदातालाई भ्रमित गर्न पैसा बाँडिरहेको सूचना पाएपछि समयमै पुगेको प्रहरीले दुवै जनालाई पक्राउ गरी नियन्त्रणमा लिएको हो ।
दुवै जनालाई नियन्त्रणमा राखेर अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय सिरहाले जनाएको छ ।

कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…