जनकपुरबाट भारी मात्रामा नक्कली दारु र स्टीकर पक्राउ
कारवाहीको लागि आन्तरिक राजस्व कार्यालय जनकपुरमा पठाइएको जनाइएको छ ।

२०७९ बैशाख १३ मंगलबार, बेलुकी ५:१२ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, जनकपुरधाम । धनुषा प्रहरीले भारी मात्रामा जनकपुरबाट नक्कली रक्सी र स्टीकर पक्राउ गरेको छ ।
गोप्य सूचनाको आधारमा सोमबार बेलुकी ७ः३० बजेको समयमा जनकपुरधाम उपमहानगरपालिका वडा नम्बर ४ स्थितबाट भारी मात्रामा मदिरा र राजश्व कार्यालयको स्टीकर बरामद गरेको हो ।
जिल्ला प्रहरी कार्यालय धनुषाबाट खटि गएको टोलीले स्थानीय गणेश साहको घरमा राखिएको विभिन्न ब्राण्डका नक्कली रक्सीसहित प्रयोग भइसकेको आन्तरिक राजस्व कार्यालय विभागको स्टीकर बरामद गरेको हो ।
जिल्ला प्रहरी कार्यालय धनुषाबाट प्रहरी नायब उपरीक्षक प्रदिप बहादुर क्षेत्री नेतृत्वमा खटिएको प्रहरी टोलीले गणेश साहको घरमा रहेको मदिरा उत्पादन गर्ने कारखानामा छापा हानी खानतलासी गरी विभिन्न ब्राण्डका नक्कली रक्सीहरु, आन्तरिक राजश्व बिभागले प्रयोग गर्ने स्टिकर, सुपर ग्लु, ग्यास चुल्हा, ग्यास सिलिण्डर, स्प्रिटको बोतलहरु, रक्सी प्याक गर्ने बोतलको बिर्को, तयार भएको खुल्ला रक्सी, आन्तरिक राजश्व कार्यालयले प्रयोग गरि सकेको स्टिकरको पछाडिको कागज समेत फेला पारेको हो ।
साथै नक्कली रक्सी ओसारपसार गर्न ना ४ च ५९४३ नम्बरको पिकअप गाडीमा मदिरा लोड गरिएको अवस्थामा पिकअप गाडि सहित जनकपुर उपमहानगरपालिका वडा नम्बर ११ को चन्दन कुमार साहलाई समेत पक्राउ गरिएको हो ।
बरामद भएका पिकअप गाडी र विभिन्न ब्राण्डका रक्सीहरु समेतको अन्दाजी मूल्य ३१ लाख ७९ हजार ६ सय ५८ रुपैयाँको रहेको र कारवाहीको लागि आन्तरिक राजस्व कार्यालय जनकपुरमा पठाइएको जनाइएको छ ।
सो क्रममा सिग्नेचरको बोतल भएको मदिरा ९ कार्टुन, खुल्ला दारु १ कार्टनु, स्प्रीट ६ कार्टुन, ब्लू डायमण्ड १ कार्टुन, डार्क फोरेस्ट १ कार्टुन, भट्टी चुलो १ थान, ग्यास सिलिन्डर एक थान र भारु रुपैयाँ १३ हजार ३० रुपैयाँ बरामद गरेको हो ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्

















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…