भारत: 'हिन्दुहरुलाई AK-47 ले मार्छौ, उनको आमा बहिनीलाई बलात्कार गर्छौ' भन्ने युवक पक्राउ
नदिम र उनका केटी साथी सबनमबीचको यो आपत्तिजनक अडियो ६ अप्रिल बुधबार भाईरल बनेको थियो । यस अडियोमा मात्र हिन्दु नभएर हिन्दुहरुको देवी देवताहरुको विरोधमा समेत आपत्तिजनक कुराकानी भएको सुनिन्छ । नदिमलाई ९ अप्रिलकै अदालतमा पेश गरिएको हो ।

२०७९ बैशाख २ शुक्रबार, दिउँसो ३:५५ बजे२ मिनेट पढाइ
न्यूज ब्यूरो, जनकपुरधाम । एक मुस्लिम युवकले हिन्दुहरुलाई AK-47 ले मार्ने धम्की सहित हिन्दुहरुको आमा, बहिनीलाई बलात्कार गर्ने सम्मलित लाईभ अडियो लीक भएको छ ।
गत ६ अप्रिलमा छिमेकी मुलुक भारतको राजस्थानको बिकानेर बस्ने मुस्लिम युवक नदिम र उनको केटी साथी सबनमबीच भएको लाईभ अडियो कुराकानीमा नदिमले हिन्दुहरुलाई पहिचान गरी AK-47 ले मार्ने तथा हिन्दुहरुको आमा बहिनीलाई बलात्कार गर्ने सम्मलित अडियो भाइरल बनेको छ ।
समाजिक सँजाल ईन्ष्टाग्राममा भडकाउ अडियोको मामिलामा नदिमलाई राजस्थान प्रहरीले पक्राउ पनि गरेको छ । उनले हिन्दुहरुलाई खोजेर मार्ने तथा उनको आमा बहिनीलाई बलात्कार गर्नुपर्छ भन्ने भडकाउन अभिव्यक्ति दिएपछि पक्राउ परेका हुन् ।
उनलाई ८ अप्रिल शुक्रबारकै दिन राजस्थानको बिकानेरबाट प्रहरीले पक्राउ गरी मुद्दा समेत चलाएको छ । नदिम उपर असमका गुवाहाटीमा समेत मुद्दा दर्ता भएको छ ।
नदिनको पक्राउको बारेमा राजनस्थानको बिकानेर शहर थानाका ईन्सपेक्टर चन्द्रजीत सिँहले पुष्टि गरेका छन् । उनले भने, सोसल मिडियामा भडकाउन आडियोको मामिलामा नदिमको विरुद्धमा प्रहरीमा उजुरी परेपछि उनलाई पक्राउ गरिएको हो ।
नदिम उपर धारा २९५ (ए) सहित अन्य धारामा मुद्दा दर्ता गरिएको छ । यस सन्दर्भमा अनुसन्धान सुरु गरिएको र मामिलाको जाँचपछि थप कुरा भन्न मिल्ने प्रहरीले जनाएको छ ।

















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…