रामनवमीमा पत्थर फाल्नेहरुको घरमा सरकारले चलायो बुलडोजर, पसलसहित सबैको घर भत्कायो
अन्य उपद्रवीहरुको घर पहिचान गरी बुलडोजर चलाउने कार्य जारी रहने मध्य प्रदेश सरकारले जनाएको छ ।

२०७८ चैत २९ मंगलबार, बिहान ९:५७ बजे२ मिनेट पढाइ

न्यूज ब्यूरो, जनकपुरधाम । हिन्दु धर्मावलम्बीहरुको मर्यादा पुरुषोत्तम भगवान रामको जन्मोत्सवको अवसरमा निकालिएको कलश यात्राको क्रममा पत्थरवाजी गरेकाहरुको घर र पसल सरकारले तोडिदिएको छ ।
छिमेकी मुलुक भारतको मध्यप्रदेशको खरगोनस्थित राम नवमीको अवसरमा निकालिएको शोभायात्राको क्रममा केही मुसलमानहरुले श्रद्धालुहरु उपर पत्थरवाजी गरेको थियो ।
मध्यप्रदेशका मुख्यमन्त्री शिवराज सिँह चौहानले उपद्रवीहरुको घरमा बुलडोजर चलाएको हो । मध्य प्रदेशका गृहमन्त्री नरोत्तम मिश्रले घरमा, छतमा पत्थर राख्नेहरुको घर पत्थरको ढेर बनाउने चेतावनी दिएको भोलीपल्ट नै उनीहरुको घर पत्थरको ढेर बनाइदिएको हो ।
रामनवमीको अवसरमा निकालिएको शोभायात्रामामा भारतको कैयौँ स्थानमा मुसलमानहरुले यात्रालाई निशाना बनाएकोमा खरगोनस्थित मुसलमानहरुले पत्थरवाजी गरेपछि उनीहरुको घर र पसल बुलडोजर लगाएर तोडेको हो ।
गुजरात, झारखण्डदेखि पश्चिम बँगला र मध्यप्रदेश सम्म हिँसात्मक घटना भएको भारतीय प्रहरीलाई उदृत गर्दै भारतीय सँचार माध्यमहरुले जनाएको छ ।
आईतबार राम नवमीको अवसरमा मध्यप्रदेशको खरगोनस्थित निकालिएको शोभा यात्राको क्रममा स्थानीय मुसलमानहरुले पत्थरवाजी गर्दा कैयौँ श्रद्धालुहरु घाईते बनेको थियो ।
त्यहाँ ३० भन्दा बढी पसल, घरमा आगो लगाईएको छ भने मन्दिरहरुमा तोडफोड समेत गरिएपछि मध्य प्रदेश सरकारले त्यहाँ पत्थरवाजी गर्नेहरुको घर पहिचान गरी ६० भन्दा बढी पसल र घरमा बुलडोजर चलाएको हो ।
जानकारी अनुसार, रामनवमीको अवसरमा भक्तिगान सहित निकालिएको शोभायात्राको क्रममा बजेको लाउडस्पीकरप्रति आपत्ति जनाउँदै मुसलमानहरुले पत्थरवाजी सुरु गरेको थियो ।
मुसलमानहरुले आ आफ्नो ठाउँमा पहिलेदेखि नै रोडा, पत्थर, माटो जम्मा गरेर गल्ली गल्लीमा राखेको थियो । भगवान रामको डोला आएलगत्तै मुसलमानहरुले पत्थरवाजी गरेको जनाईएको छ ।
स्थानीय एक पत्रिकाको अनुसार, त्यहाँ भएको घटना अचानक नभएर सुनुयोजित तथा पूर्व नियोजित रहेको थियो । मुसलमानहरुले आफ्नो छतमा समेत पत्थर, पेट्रोल बम जम्मा गरेर राखेका थिए ।
सो घटनाको क्रममा एक पटक नभएर दुई पटकसम्म पसल, घरमा आगजनी गर्नुको साथै मन्दिरहरुमा तोडफोड गरेको स्थानीय एक पत्रिकाको रिपोर्टमा उल्लेख छ ।
मुसलमानहरुले पत्थरबाजी गरेपछि हिन्दु समुदायका युवाहरुले समेत त्यहाँ रहेको मस्जिदमाथि जवाफी पत्थरवाजी गरेको थियो ।
मुसलमानहरुले दोहोरो झडपको अवस्था सृजना गरेपछि मस्जिदमाथि समेत पत्थरवाजी गरेको थियो । सोमबार सरकारले नै बुलडोजर लगाएर उपद्रवीहरुको घर र पसल तोडेको हो ।
मुलमानहरुको यस्तो हर्कतपछि स्थानीय प्रशासनले सो क्षेत्रमा आईतबारदेखि नै कर्फ्यू लगाएको छ ।
.jpg)
जानकारी अनुसार, सो घटनाको क्रममा १० जना प्रहरी र अन्य २० जना सर्वसाधारण घाईते भएका छन् । प्रहरीले अहिलेसम्म ७७ जनालाई पक्राउ गरेको बताइएको छ ।
मध्य प्रदेशका गृहमन्त्री नरोत्तम मिश्रले कडा रुपमा प्रस्तुत भएका छन् । गृहमन्त्री मिश्राले जुन घरबाट पत्थर आएको छ सो घरलाई पत्थरको ढेर बनाइदिने चेतावनी दिएको भोलीपल्ट अर्थात सोमबार नै उनीहरुको घरमा बुलडोजर चलाएको हो ।
मध्य प्रदेशमा कानुनी राज्य रहेको र सौहार्दमा कुनै पनि प्रकारको सम्प्रादायिकता हुन नदिने बताउँदै गृहमन्त्री मिश्राले दँगा भडकाउनेहरुलाई निगरानी गरी अहिलेसम्म ७७ जना पक्राउ गरिएको बताएका छन् ।
अन्य उपद्रवीहरुको घर पहिचान गरी बुलडोजर चलाउने कार्य जारी रहने मध्य प्रदेश सरकारले जनाएको छ ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।














टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…