स्थानीयको कुटपिटबाट वडाध्यक्षको मृत्यु
न्यूज ब्यूरो, पाँचथर, १७ चैत्र । स्थानीय बासिन्दाको कुटपिटबाट पाँचथरको हिलिहाङ गाउँपालिका वडा नम्बर ७ का वडाध्यक्ष तीर्थराज तिम्सिनाको मृत्यु भएको छ । कुटपिटबाट शारीरिक र मानसिक रुपमा कमजोर भएका वडाध्यक्ष तिम्सिनाको मृत्यु भएको छ । उनलाई उपचारका लागि फिदिमस्थित पाथीभरा अस्पतालमा भर्ना गरिएको थियो ।

२०७४ चैत १७ शनिबार, बेलुकी ७:४३ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, पाँचथर, १७ चैत्र । स्थानीय बासिन्दाको कुटपिटबाट पाँचथरको हिलिहाङ गाउँपालिका वडा नम्बर ७ का वडाध्यक्ष तीर्थराज तिम्सिनाको मृत्यु भएको छ । कुटपिटबाट शारीरिक र मानसिक रुपमा कमजोर भएका वडाध्यक्ष तिम्सिनाको मृत्यु भएको छ ।
उनलाई उपचारका लागि फिदिमस्थित पाथीभरा अस्पतालमा भर्ना गरिएको थियो । त्यहाँबाट चिकित्सकले थप उपचारका लागि रिफर झापा लैजादै गर्दा उनको मृत्यु भएको प्रहरीले जनाएको छ ।
गत चैत ११ गते सडक निर्माणका क्रममा स्काभेटर लगाउँदा घरमा जोड्ने बिजुलीको तार छिनेको विषयलाई लिएर स्थानीय भीम योक्पाङदेन र उनका छोरा सुवास योक्पाङदेनले तिम्सिनालाई कुटपिट गरेका थिए । उनी हिलिहाङ–७ स्थित तम्फुला सडक आयोजनाको अनुगमनका क्रममा त्यहाँ पुगेका थिए ।
तिम्सिनाले आफूमाथि भएको कुटपिटविरुद्ध प्रहरीमा उजुरी समेत दिएका थिए । उनलाई कुटपिट गर्नेहरुलाई प्रहरीले खोजी गरिरहेको बताएको छ ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।
















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…