स्नेहा हत्या काण्ड : बुवासहित थप एक पक्राउ, घटनामा नयाँ मोड
न्यूज ब्यूरो || जनकपुरधाम, १७ चैत्त । जनकपुरमा आफ्नै छोरीको हत्या गरेर मृत्यु देखाउन खोजेको आरोपमा २ जनालाई प्रहरीले पक्राउ गरेको छ । धनुषाको शहिदनगर नगरपालिका वडा नं. ७ का ४० वर्षीय दिलीपकुमार यादव र उनका साथी विदेह नगरपािलका गिद्धाबेलापट्टीका ४६ वर्षका देवेन्द्र भन्ने राधेश्याम यादवलाई प्रहरीले पक

२०७४ चैत १७ शनिबार, बिहान ९:५६ बजे२ मिनेट पढाइ

न्यूज ब्यूरो ||
जनकपुरधाम, १७ चैत्त । जनकपुरमा आफ्नै छोरीको हत्या गरेर मृत्यु देखाउन खोजेको आरोपमा २ जनालाई प्रहरीले पक्राउ गरेको छ ।
धनुषाको शहिदनगर नगरपालिका वडा नं. ७ का ४० वर्षीय दिलीपकुमार यादव र उनका साथी विदेह नगरपािलका गिद्धाबेलापट्टीका ४६ वर्षका देवेन्द्र भन्ने राधेश्याम यादवलाई प्रहरीले पक्राउ गरी कारवाही प्रक्रिया अगाडी बढाएको हो ।
घरायसी विवादको कारण काठमाडौंको नासा कलेजमा कक्षा १२ मा अध्ययनरत १९ वर्षकी छोरी स्नेहा कुमारी यादवलाई जनकपुर ल्याई हत्या गरेर जलाएको प्रहरीको आशंका छ ।
स्थानीय बासिन्दाका अनुसार छोरी स्नेहा काठमाडौंमै एक युवकसंग प्रेममा परेको घरपरिवारले थाहा पाएपछि बुबा दिलीपले छोरीलाई काठमाडौंबाट जनकपुर झिकाएको थियो । सोही क्रममा जनकपुर उप(महानगरपालिका वडा नं. २ वकिलटोल स्थित रहेको डेरामा चरम यातना दिई हत्या गरेको हुन सक्ने अनुमान छ ।
आफ्नै छोरीलाई हत्या गर्ने बुवा सहित २ पक्राउ घटना गत फाल्गुन ९ गते साँझ नै भएपनि हत्याको रहस्य पछि आएर मात्र खुलेपछि प्रहरीले अनुसन्धान गर्दै जादाको क्रममा मृतककी बुबा दिलीपलाई गत फागुन २६ गते पक्राउ गरेको थियो ।
आफ्नै घरमा यातानका कारण छोरीको हत्या भएपनि त्यसलाई ढाकछोप गर्न दिलीपले एम्बुलेन्स बोलाएर छोरी विरामी भएकाले उपचारको लागि भारतको दरभंगा लैजान लागेको बेला बाटोमै मृत्यु भएपछि उत्तै अन्त्येष्टि गरेको प्रहरीमा बयान दिएका थिए ।
तर अनुसन्धान गर्दै जाँदा दिलीपको आफ्नै घर धनुषाको सहिद नगरपालिका ७ नेमुवाटोल स्थित नहर छेउमा स्नेहाको शव जलाएको अस्तु प्रहरीले बरामद गरेको जनाएको छ । प्रहरीले हत्यादेखि जलाउने सम्म लगेको एम्बुलेन्स चालक देखि आफन्त छिमेक गरी ८/९ जनाको संलग्नता रहेको जनाएको छ भनेर आजको न्यूजपेपर दैनिक पत्रिकामा समाचार छ ।
हत्या गरी शव जलाउने सम्म साथ दिएको आरोपमा प्रहरीले गत एकसाता अघि दिलिपका छिमेकी देवेन्द्र भन्ने राधेश्याम यादवलाई पक्राउ गरेको थियो ।
पक्राउ परेका राधेश्याम विदेह नगरपालिका वडा नं. ६ स्थित रहेको जनता उच्चमावि गद्धा बेलापट्टीका विद्यालय व्यवस्थन समितिका पूर्व अध्यक्ष हुन् भने बुबा दिलीप दिलीप यादव नेपाल विद्युत प्राधिकरण जनकपुर वितरण केन्द्रमा दोस्रो तह सहायक पदका कर्मचारी हुन् ।
घटनामा एक जनप्रतिनीधिका आफन्तको समेत सँलग्नता रहेको बुझिएपछि घटनामा नयाँ मोड आएको छ ।
यता, घटना उपर बोल्दै विदेह नगरपालिकाका मेयर बेचन दासले यस घटनामा केही व्यक्तिहरुलाई प्रहरीले जवर्जस्ती फसाइरहेको दावी गरेका छन् ।
‘कुनै पनि छिमेकको कोही मृत्यु भएको खण्डमा बोलाउँदा हामी अन्येष्टि गर्न जान्छौँ । तर घटना केही कसैलाई थाहा थिएन । जो–जो अन्त्येष्टिमा गए कही निर्दोष छिमेक र साथीभाइलाई प्रहरीले घटनामा फसाइरहेका छन् ।’ उनले भने, ‘वास्तवमा ती व्यक्ति घटनामा संलग्न छन् वा छैनन् त्यसको प्रहरीले सूक्ष्म रुपमा अनुसन्धान गरेर मात्रै कारवाही अगाडि बढाउनु पर्छ ।’
......................................................................................................................
Click : www.enewsbureau.com
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।
















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…