शहिदनगरमा दोस्रो मेयरकप फुटबल टुर्नामेन्ट सुरु, पहिलो खेलमा गोलबजार विजयी 

आगामी चैत्त २४ गतेसम्म चल्ने सो टुर्नामेन्टमा प्रथम हुनेलाई शिल्ड तथा मेडल सहित प्रमाणपत्र प्रदान गरिनेछ । 

२०७८ चैत १७ बिहीबार
रति ९:०१ बजे
न्यूज ब्यूरो, डेस्क

न्यूज ब्यूरो, जनकपुरधाम । धनुषाको शहिदनगर नगरपालिकास्थित दोस्रो मेयरकप फुटबल प्रतियोगिता विहिबारदेखि सुरु भएको छ । 

शहिदनगर नगरपालिकाको वडा नम्बर ७ धबौली खेल मैदानमा सुरु भएको दोस्रो मेयरकप फुटबल प्रतियोगितामा प्रदेशको विभिन्न जिल्लाबाट खेलाडी टिमहरु सहभागी भएको छ । 

शहिदनगर नगरपालिकाको आयोजना तथा श्री स्पोर्टस क्लब धबौलीको समन्वयमा धबौली फिल्डमा सुरु भएको दोस्रो मेयरकप फुटबल टुर्नामेन्टमा महोत्तरीसम्मको टिमहरु सहभागी भएको हो । विहिबार अपरान्ह शहिदनगर नगरापालिकाका मेयर उदय कुमार बरबरिया (यादव) ले विधिवत रुपमा उदघाटन गरेपछि खेल सुरु भएको थियो । शहिदनगरबाट उत्कृष्ट खेलाडी उत्पादन गर्न खेलप्रतिको दृष्किोण परितर्वत हेतु समेत शहिदनगर नगरपालिका खेलप्रति चासो लिएको बताए । 

उनले देशको गौरव र शारिरिक व्यायामको लागि समेत खेल एक उत्तम माध्यम भएको बताउँदै आपसी सदभाव कायम गर्ने एक उत्तम विकल्पको रुपमा खेल र खेलाडी रहेको बताए । 

खेलमा गोलबजार स्पोर्ट क्लब, शहिदनगर नगरपालिका टिम, समुदायिक विकास मँच गोदार, जनकपुर स्पोर्टस क्लब, सशस्त्र प्रहरी बर्दिवास महोत्तरी, श्री स्पोर्टस क्लब धबौली, भरतपुर युवा क्लब र यज्ञभूमि युवा क्लब लगायतको टिमहरु सहभागी भएको छ । 

विहिबार गोलबजार स्पोर्टस क्लब र शहिदनगर नगरपालिकाबीच भएको उदघाटन खेलमा गोलबजार टिम १ गोलले विजयी भएको छ । 

आगामी २४ गते हुने फाईनल खेलको क्रममा प्रथम हुनेलाई ५० हजार रुपैयाँ नगद र दोस्रो हुनेलाई २५ हजार रुपैयाँ नगद सहित मेडल, प्रमाणपत्रहरु समेत प्रदान गरिनेछ । 

उदघाटनमा मेयर बरबरियासहित शहिदनगर नगरपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत नरेश यादव, लेखापाल लोक बहादुर नेपालीसहित नगरपालिकाको कर्मचारीहरुको सहभागीता रहेको थियो । विभिन्न राजनीतिक दलका प्रतिनीधि, सुरक्षा निकायका प्रतिनीधि, खेलाडी, पूर्व खेलाडी पदाधिकारीहरुको सहभागीता रहेको थियो । 


  • 100%
  • 0%
  • 0%
  • 0%
  • 0%
  • 0%

Bureau Menus