उमेश बचाउ अभियानको हिसाबकिताब यही महिनाभित्रै हुन्छः एनजिओकर्मी राय
बैँक खातामा रकम हुँदा बैँकले ब्याज समेत दिने गरेको छ । प्रभु बैँकले ६ प्रतिशत ब्याज दिँदै आएको छ ।

२०७८ चैत १६ बुधबार, बेलुकी ७:०६ बजे२ मिनेट पढाइ

न्यूज ब्यूरो, जनकपुरधाम । विगत दुई बर्षदेखि आजभोली भन्दै उमेश बचाउ अभियानको पारदर्शीताको लागि खेप्दै आएका एनजिओकर्मी सरोज रायले यसै महिनाभित्र हिसाब पारदर्शीता गर्ने बताएका छन् ।
आजभोली भन्दै कैयौँ पटक दिन सार्दै आएका रायले चैत्र महिनाभित्रै उमेश बचाउ अभियानको हरहिसाब सार्वजनिक गर्ने बताएका छन् । उनले दुई बर्षदेखि हिसाकिताब पारदर्शीता नगर्दा उनीमाथि प्रश्न समेत उठेको छ ।
गत २०७६ साल माघ मसान्तमै उमेश साउदीबाट फर्केपछि हिसाब सार्वजनिक गर्नुको साथै त्यो अघि रकम उठाउँमा प्रत्येक दिन बैँक स्टेटमेन्ट सार्वजनिक गर्ने भनेपछि स्टेटमेन्ट सार्वजनिक नगर्दा अश्विास उब्जीदै गएको थियो ।
उनले समाजिक सँजाल मार्फत आफैँ एक भिडियो जारी गर्दै रकम उठाउँदा प्रत्येक दिनको स्टेटमेन्ट सार्वजनिक गर्ने भनेपछि सार्वजनिक भने गरेनन् । दुईबर्षपछि उनले यही महिनाभित्र अभियानको हिसाब किताब पारदर्शी गर्ने प्रतिवद्धता जनाएका छन् ।
ग्रोविँग नेपाल फाउण्डेशन नामक गैर–सरकारी सँस्था (एनजिओ) का अध्यक्ष रहेका रायले उमेश बचाउ अभियानको लागि पनि सोही सँस्थाको बैँक खाता मार्फत रकम उठाएको थियो ।
न्यूज ब्यूरोसँगको कुराकानीमा उनले समाजिक सँजालमा समेत केही जनाले टिकाटिप्प्णी गरेको भन्दै प्राविधिक कारणले हिसाबकिताब सार्वजनिक गर्न नसकेको दाबी गरे ।
रकम जम्मा गरिएको ग्रोविँग नेपाल फाउण्डेशनको खाता डोरमेन्ट (निष्क्रीय) भएको भन्दै खाता नविकरणमा समय लाग्दा हिसाब किताब सार्वजनिक नगरेको प्रतिक्रिया दिए ।
गत वि.सं. २०७६ साल माघ १३ गते नै उमेश आफनो घर फर्के पनि दुई बर्षसम्म पनि हिसाबकिताब नदिँदा समाजसेवाको नाममा रकम असुलेको जस्ता टिप्पणीहरु गरिएको हो ।
उनले समाजिक कार्यमा व्यस्तता जनाउँदै बैँकको खाता समेत नविकरण गर्न नसकेको प्रतिक्रिया दिए । चैत्र मसान्तभित्रै अर्थात १३ दिनभित्रै उमेश बचाउ अभियानको सम्पूर्ण हिसाबकिताब, बैँक स्टेटमेन्ट सार्वजनिक गर्ने प्रतिवद्धता जनाएका छन् ।
उनले कुराकानीको क्रममा ग्रोविँग नेपाल फाउण्डेशनको बैँक खातामा अन्दाजी ५० लाख रुपैयाँ जति जम्मा भएको सुनाए । उमेश बचाउ अभियानको क्रममा हाते रकम, रेमिट्यान्सबाट समेत पैसा विदेशबाट आएको थियो भने उनको व्यक्तिगत खातामा समेत कैयौँ जनाले पठाएको बुझिएको छ ।
बैँक खातामा रकम हुँदा बैँकले ब्याज समेत दिने गरेको छ । प्रभु बैँकले ६ प्रतिशत ब्याज दिँदै आएको छ ।
सउदी अरेबियामा जेलमा बस्दै आएका धनुषाको कमला नगरपालिका वडा नम्बर ३ पर्साका उमेश यादवलाई एनजिओकर्मी राय र सउदीस्थित नेपाली दुतावासको सँयुक्त पहलमा सजाय माफ भएको थियो ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्

















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…