मधेशका यादव बने पोखरा म्याराथनको विजेता
बर्ष २०२१ मा हँगकँगमा भएको युथ एथेलिक्टस च्याम्पीयनसीपमा उनले गोल्ड मेडल जितेका थिए । त्यसपछि उनले कैयौँ अन्तराष्ट्रिय खेलहरु खेल्दै आएका छन् ।

२०७८ चैत १४ सोमबार, बिहान ८:३२ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, जनकपुरधाम । मधेश प्रदेशका अजित यादवले पोखरामा सम्पन्न भएको म्याराथनमा प्रथम स्थान हासिल गर्न सफल भएको छ ।
१६ औं पोखरा अन्तर्राष्ट्रिय म्याराथनको १० किलोमिटर दौड प्रतियोगितामा मधेश प्रदेशको सप्तरी जिल्ला बस्ने अजित यादव प्रथम स्थान हाँसिल गर्न सफल भएको हो ।
शनिबारदेखि सुरु भएको १६ औँ पोखरा अन्तराष्ट्रिय म्याराथनको लागि १० किलोमिटरको दौडमा उनले अन्य धावकहरुलाई पछयाउँदै प्रथम स्थान हाँसिल गर्न सफल भएको हो ।
नेपाली अग्रज खेलाडीहरुको छाता संस्था नेपाल भुतपुर्व खेलाडी मञ्चले पोखरा म्याराथन अन्तर्गत गत चैत्र १२ गते भएको सो म्याराथन दौडमा यादवले प्रथम स्थान हाँसिल गरेको हो ।
शनिबार १० किमि महिला÷पुरुष खुला दौड, विद्यालयस्तरिय ५ किमि छात्र÷छात्रा दौड, ह्विल चियर महिला÷पुरुष दौड र दृष्टिविहिन महिला÷पुरुष दौड सम्पन्न भएको थियो ।
१० किमि महिला÷पुरुष दौड पोखरा रंगशालाको गेट नं ६ बाट सुरु भई बुद्ध चोक, अम्वर सिंह चोक, गण्डकी हस्पिटल पुर्वी गेट हुँदै रानीपौवा चोक, महेन्द्रपुल विपी चोक, मानवअधिकार चोक हुँदै पुनः विपी चोक, न्युरोड, सभागृह चोक, सृजना चोक, जिरो किमी चोक, जरेवर, डिहिको पाटन, हल्लन चोक हुँदै बाराही घाट खेल मैदानमा पुगेर समापन भएको थियो ।
प्रतियोगितामा १० किमि खुला महिला तथा पुरुष दौड विजेता प्रथम, द्वितिय र तृतिय हुनेले जनही नगद २० हजार, १५ हजार र १० हजारका साथमा मेडल र प्रमाणपत्र प्रदान गरेको हो ।
यस्तै, महिलातर्फ १ सय र पुरुषतर्फ दौड पुरा गर्ने २ सय जनालाई मेडल प्रदान गरिएको हो ।
बर्ष २०२१ मा हँगकँगमा भएको युथ एथेलिक्टस च्याम्पीयनसीपमा उनले गोल्ड मेडल जितेका थिए । त्यसपछि उनले कैयौँ अन्तराष्ट्रिय खेलहरु खेल्दै आएका छन् ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।
















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…