पुरै देशमा गँगटा (कोकरा) को कब्जा, जहाँतहाँ मात्र गँगटै–गँगटा
विगत २ वर्ष अझै कम रह्यो । पर्यटन पनि निकै कम थियो

२०७८ चैत १३ आइतबार, दिउँसो ३:०२ बजे२ मिनेट पढाइ
एजेन्सी। सडक, घर, बगैँचा, खेत जहाँ पनि अहिले गँगटा (कोकरा, कराब्स) ले भरिएपछि एक देशका नागरिक तनावमा छन् ।
क्यारेबियन देश क्युबा अहिले गँगटाको समस्यासँग जुधिरहेको छ । क्युबाका कैयौं तटीय क्षेत्रमा गँगटाहरुले आक्रमण थालेका छन् ।
राता, काला, पहेंला र बैजनी रंगका गँगटाहरुले खाडीदेखि जंगलसम्म र सडकदेखि घरका भित्तासम्म कब्जा जमाएका छन् । गँगटाको कब्जाबाट सबैभन्दा धेरै बे अफ पिग्स क्षेत्र सबैभन्दा धेरै प्रभावित भएको छ ।
हुन त यहाँ गँगटाहरु आउनु समस्या होइन, यहाँ हरेक वर्ष गँगटाहरु आउँछन् । तर, यस पटक यी गँगटाहरु धेरै चाँडै बाहिर आएका छन् ।
सरकार र स्थानीय जनताले यी गँगटाहरुलाई रोक्न तयारी गर्न नपाउँदै उनीहरु बाहिर आएपछि समस्या भएको छ । यी गँगटाहरुलाई यति धेरै बनाउन कोरोनाकालले पनि ठूलो भूमिका खेलेको छ ।
कोरोनाकालमा लकडाउनका कारण २ वर्षसम्म कानवीय गतिविधि लगभग बन्द रह्यो । जंगल, समुद्री क्षेत्र र सडकमा मानिसहरुको आवतजावत लगभग बन्द जस्तै भएपछि यी गँगटाहरुलाई प्रकृतिले कहीँ पनि आवतजावत गर्ने र जतासुकै प्रजनन गर्ने अवसर दियो । यसको नतिजा यहाँ गँगटाहरुको संख्या ठूलो मात्रामा बढ्यो ।

















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…