केही अधुरो पिलर खडा गरेर "२० लाख रुपैयाँ" झवाम्म्
न्यूज ब्यूरो || जनकपुरधाम, १६ चैत । तराईरमधेसमा विकास निर्माणका लागि सरकारले न्यून बजेट विनियोजन गर्ने गरेको आम जनगुनासो एकातर्फ छ भने अर्कोतर्फ विनियोजित रकम पनि खर्च हुन नसकेर फ्रिज हुने गरेको छ । जसका कारण मधेसमा विकास निर्माणका काम सुस्त छन् । जे जति विकासका लागि राज्यकोषबाट लगानी भएको छ, त्यसमा

२०७४ चैत १६ शुक्रबार, बिहान १०:३८ बजे५ मिनेट पढाइ
न्यूज ब्यूरो ||
जनकपुरधाम, १६ चैत । तराईरमधेसमा विकास निर्माणका लागि सरकारले न्यून बजेट विनियोजन गर्ने गरेको आम जनगुनासो एकातर्फ छ भने अर्कोतर्फ विनियोजित रकम पनि खर्च हुन नसकेर फ्रिज हुने गरेको छ ।
जसका कारण मधेसमा विकास निर्माणका काम सुस्त छन् । जे जति विकासका लागि राज्यकोषबाट लगानी भएको छ, त्यसमा पनि कामै नगरी रकमको दुरुपयोग हुने गरेको तथ्य फेला पारेको छ ।
जनकपुर उपमहानगरपालिकाको वडा नम्बर ४ स्थित दलित समुदायका लागि एउटा सामुहिक दलित छात्रावास निर्माणका लागि तत्कालीन जिल्ला विकास समिति धनुषाले दलित वर्ग उत्थान जिल्ला समन्वय समिति नाम गरेका एक गैरसरकारी संस्थाका उपाध्यक्ष रूपनारायण साफीको अध्यक्षतामा बनाइएको उपभोक्ता समितिसंग सम्झौता गरेको थियो। ९ वैशाख २०६७ का दिन साफीको अध्यक्षतामा ११ सदस्यीय दलित छात्रावास निर्माण उपभोक्ता समिति गठन गरिएको थियो ।
उक्त समितिको सचिवमा रामशंकर पासवान, कोषाध्यक्षमा कमेर देवी रबिदास तथा सदस्यहरूमा क्रमशः किरणकुमार पासवान, राजकिशोर महरा, वैद्यनाथ दास, सर्गुन पासवान, जोली देवी, बिल्टु पासवान, रामविलास धनिकार रहेका थिए । सदस्य सचिवको रूपमा राजेशकुमार ढकाललाई चयन गरिएको थियो ।
त्यसैगरी उक्त दलित छात्रावास निर्माण कार्यको मूल्याङ्कन र अनुगमनका लागि दलित नेता रामवरण पासवानको अध्यक्षतामा अर्को छुट्टै समिति गठन गरिएको थियो । उक्त समितिमा रामउदित राम, कृष्णा पासवान, शिवेश्वर साफी, शुभनारायण महरा, रामपुकार साफी, रामउदगार महरा, चैता सदा, सुनिता दास, चमेली दास, भरोसी महरा, सोभित महरा र पाण्डव मल्लिक गरी १५ जना थिए ।
जिल्ला निकास समिति धनुषाको मातहतमा सञ्चालन गरिएको स्थानीय शासन तथा सामुदायिक विकास कार्यक्रम ( एलजीसीडीपी)अन्तर्गत दलित छात्रावास निर्माण गर्न जिविसले उक्त उपभोक्ता समितिसंग सम्झौता गर्दै निर्माण कार्य गर्नका लागि पहिलो किस्ताबापत २९ वैशाख २०६७ मा रु. १० लाख २५ हजार ४ सय ५४ पेस्कीस्वरूप उपलब्ध पनि गरायो ।

















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…