ईन्सानियत शर्मसारः मोटरसाईकल एक्सीडेन्टमा परेकी किशोरीलाई अस्पताल लैजाने बहानामा बलात्कार
त्यतिबेला नै अजय नामको एक युवकले किशोरीलाई मदतको नाममा अस्पताल लैजान्छु भनी बाटोमै बला त्कार गरेको बताइएको छ । अस्पतालको बहानामा चिराग दिल्ली लगेर बला त्कारलाई अन्जाम दिएको भारतीय प्रहरीले जनाएको छ ।

२०७८ चैत १० बिहीबार, राति ८:२३ बजे२ मिनेट पढाइ

न्यूज ब्यूरो, जनकपुरधाम । यहाँ कलयुगमा मान्छे कति हदसम्म खस्न सक्छ भने एक घटनाले दर्साएको छ ।
छिमेकी मुलुक भारतको राजधानी दिल्लीदेखि सँगै रहेको नोयडामा महिलाहरुप्रति भईरहेको अपराधको ग्राफ तीव्र गतिमा माथि उक्लीदै गएको छ ।
सोही ठाउँको नोयडा फेस वनको सेक्टर ५ नजिक बला त्कारको गम्भिर मामिला बाहिर आएको छ । त्यहाँ एक सडक दुर्घटनामा घाईते भएकी बालिकासँग बला त्कार भएको घटना बाहिर आएको हो ।
सडक दुर्घटनामा परेकी नाबालिगसँग सहयोगको नाममा बला त्कार गरेको घटना भारतीय सँचारमाध्यमहरुले बाहिर ल्याएको छ ।
गत मँगलबार अबेरराती त्यहाँ मोटरसाईकल लिएर जाँदै गरेको काका भतिजीको मोटरसाईकल दुर्घटनामा परयो । सो क्रममा उनको काका बेहोस भएपछि नाबालिगले मदतको लागि गुहार लगाउन थालिन् ।
नाबालिगको आवाज सुनेर एक युवकले ती किशोरीलाई जबरदस्ती आफूसँग लगेर बला त्कारको घटनालाई अन्जाम दिएको भारतीय प्रहरीलाई उदृत गर्दै भारतीय सँचारमाध्यमहरुले जनाएको छ ।
प्रहरी कहाँ पुगेको जाहेरी अनुसार थाना क्षेत्रको सेक्टरमा पीडितको बुवा परिवारको साथ रहँदै आएको सो व्यक्ति पूजा समाग्रीको पसल चलाएर आफ्नो गुजारा गर्दै आएका थिए ।
उनका अनुसार, उनको भाईसँग आफ्नो छोरी मामा गाउँ गएको थियो । १६ बर्षिय किशोरीलाई मोटरसाईकलमा लिएर सेक्टर ८ स्थित रहेको उनको मामा गाउँ गएका थिए ।
मामा गाउँबाट घर फर्किने क्रममा सेक्टर ५ नजिक उनको मोटरसाईकल एक्सीडेन्टमा परी भाई बेहोस भए भने छोरी घाईते भएकी थिइन् ।
त्यतिबेला नै अजय नामको एक युवकले किशोरीलाई मदतको नाममा अस्पताल लैजान्छु भनी बाटोमै बला त्कार गरेको बताइएको छ । अस्पतालको बहानामा चिराग दिल्ली लगेर बला त्कारलाई अन्जाम दिएको भारतीय प्रहरीले जनाएको छ ।
पीडितको बयानको आधारमा प्रहरीले आरोपित अजय उर्फ मुन्नालाई बाँसमण्डी चौराहाबाट पक्राउ गरिसकेको छ । आरोपी जेजे क्लोनी सेक्टर ५ बस्ने युवक हुन । यस घटनामा प्रहरीले अनुसन्धान थालेको छ ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्

लेखक
न्यूज ब्यूरो, डेस्क
न्यूज ब्यूरो, संवाददाता
















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…