खजुरीमा जारी फुटबल म्याचको सेमिफाईनलमा सशस्त्र प्रहरी बर्दिवास विजयी, फाईनल खेल ३ गते हुने
अन्तिम खेल फागुन ३ गते विहिबारको दिन दिउँसो २ बजेदेखि नै सुरु भई चाँडै समाप्त हुने उनले बताए । फाईनल खेलमा घमासान हुने भएकोले दर्शकहरुलाई मोटो सँख्यामा उपस्थितिको लागि अनुरोध गरिएको छ ।

२०७८ चैत १ मंगलबार, राति ८:२६ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, जनकपुरधाम । धनुषाको खजुरीमा जारी चौथो अध्यक्ष गोल्डकप फुटबल प्रतियोगिताको सेमिफाईनलमा सशस्त्र प्रहरी (एपिएफ) बर्दिवासले जीत हाँसिल गर्दै फाईनलमा प्रवेश गरेको छ ।
मँगलबार वीरगँज टिम र एपिएफ बर्दिवासबीच भएको सेमिफाईनल खेलमा वीरगँजलाई ६–५ गोलान्तरले पराजित गर्दै फाईनमा प्रवेश गर्न सफल भएको छ ।
दुवै टिमबीच मँगलबार भएको घमासान प्रतियोगितामा समयमा कुनै टिमले गोल गर्न नसकेपछि पेनाल्टी प्रणालीबाट एपिएफले ६ गोल र वीरगँज टिमले ५ गोल गरेको थियो ।
फागुन २ गते अर्थात भोली बुधबार नै हुने भनिएको फाईन खेल प्राविधिक कारण देखाउँदै गाउँपालिकाले फागुन २ गतेलाई सारेर फागुन ३ गतेको लागि निर्णय गरेको हो ।
फाईनल खेलमा एपिएफ बर्दिवास र सिरहाको सल्हेश क्लबको भीडन्त हुने आयोजक जनकनन्दिनी गाउँपालिकाको प्रशासन प्रमुख राम नरेश ठाकुरले जानकारी दिए ।
अन्तिम खेल फागुन ३ गते विहिबारको दिन दिउँसो २ बजेदेखि नै सुरु भई चाँडै समाप्त हुने उनले बताए । फाईनल खेलमा घमासान हुने भएकोले दर्शकहरुलाई मोटो सँख्यामा उपस्थितिको लागि अनुरोध गरिएको छ ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।
















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…