जनकपुरमा भाडाको विरोधमा ई- रिक्साचालकहरु आन्दोलित
न्यूज ब्यूरो || जनकपुरधाम, १५ चैत्त । ट्राफिक प्रहरी धनुषाले गरेको ई रिक्साको भाडा दर निर्धारणको विरोधमा जनकपुर ई रिक्सा व्यावसायीहरु आन्दोलित भएका छन् । बुधबार रिक्सा चालक व्यावसायी सँघका प्रतिनीधि, पत्रकार, अगुवा, नागरिक समाजको रोहबरमै जनकपुरको विभिन्न चोकको भाडादर निर्धारण गरेपछि आज विहिबार आन्दो

२०७४ चैत १५ बिहीबार, दिउँसो २:४५ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो ||
जनकपुरधाम, १५ चैत्त । ट्राफिक प्रहरी धनुषाले गरेको ई रिक्साको भाडा दर निर्धारणको विरोधमा जनकपुर ई रिक्सा व्यावसायीहरु आन्दोलित भएका छन् ।
बुधबार रिक्सा चालक व्यावसायी सँघका प्रतिनीधि, पत्रकार, अगुवा, नागरिक समाजको रोहबरमै जनकपुरको विभिन्न चोकको भाडादर निर्धारण गरेपछि आज विहिबार आन्दोलनमा उत्रेका हुन् ।
भाडादर न्यून भएको भन्दै उनीहरु आन्दोलनमा उत्रेका हुन । भाडादर बढाउनुपर्ने माग उनीहरुले गरेका छन् ।
ई रिक्सालाई आज ठप्प पारी उनीहरुले विरोध जनाएका हुन । ई रिक्साचालकहरुको आन्दोलनका कारण विहानैदेखि सर्वसाधारणहरु मार्कामा परेका छन् ।
यता, ट्राफिक प्रहरी कार्यालय धनुषाका प्रहरी प्रमुख एवम् प्रहरी नीरिक्षक हरिनन्दन चौधरीले नीजि प्रयोजनका लागि किनेका ई रिक्साहरु मात्र आन्दोलित भएको बताएका छन् ।
न्यूज ब्यूरोसँग भने , 'जनकपुरमा अहिले नै ४ हजार बढी ई रिक्सा भईसकेको छ, यस्तै हालात रहयो भने ६ महिनामै ६ हजार रिक्सा हुन्छ अनि के होला जनकपुरको ? यतिकैमा ट्राफिक व्यवस्थापन हुन जटिल भएको छ, भाडा दर नघटाए ई रिक्साको ओइरो लाग्छ र जनजीवन पनि असहज हुन्छ ।'
'लाईसेन्स नभएको, गैर कानुनी रुपमा सँचालन गरेको ई रिक्साचालकहरु, निजी प्रयोजनको लागि रातो नम्बर प्लेट भएका रिक्सा चालकहरु मात्र आन्दोलन गरेको देखिएको छ । भारतबाट आएका रिक्साचालकहरु छन्, भाडादर सबै सरोकारबालाहरुको रोहबरमा निर्धारण गरिएको छ । यसमा कुनै दुईमत छैन ।" चौधरीले न्यूज ब्यूरोसँग भने ।
जाबो कुराका लागि पनि आन्दोलन गर्ने यहाँको प्रवृति नै बनिसकेको भन्दै चौधरीले सहि भाडा निर्धारण गर्दा आन्दोलन गर्नुको कुनै औचित्य नरहेको बताए ।
ई रिक्साचालकहरुले भाडा दर निर्धारण नहुँदा मनोमानी ढँगबाट भाडा असुल गर्दै गरेको व्यापक जनगुनासो आएपछि धनुषा टरा्फिकले यस्तो कदम चालेका हुन् ।
ट्राफिक प्रहरीको यस्तो कार्यलाई धनुषावासीले स्वागत गरेका छन् ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्

लेखक
न्यूज ब्यूरो, डेस्क
न्यूज ब्यूरो, संवाददाता
















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…