धनुषामा १३ बर्षिय बालिकालाई सामुहिक बालात्कार, हत्याको धम्की !
बालिकालाई बलात्कार गर्दै मोबाईलमा भिडियो समेत खिचेर दुवै जना गाउँबाट फरार

२०७४ चैत १५ बिहीबार, दिउँसो १२:४९ बजे२ मिनेट पढाइ

न्यूज ब्यूरो ||
धनुषा, १५ चैत्त । गएराती धनुषामा एक बालिका सामुहिका बालात्कारको शिकार भएकी छन् ।
धनुषाको शहिदनगर नगरपालिका वडा नं. ८ बिसरभोरामा गएराती ११ बजे एक १३ वर्षिय बालिका बलात्कृत भएकी छिन् ।
आमा बुवा घरमा नभएको मौका छोपी स्थानीय धनिक लाल नरसरियाको छोरा अन्दाजी बर्ष ३२ का भुट्टाई भन्ने मनोज नरसरिया र जतन बिराजीका अन्दाजी ३० बर्षिय छोरा दिपेश बिराजीले ती बालिकालाई घरबाट मुख बाँधेर गाउँबाट पर लगि सामुहिक बालात्कार गरेको हो ।
बालिकाका बुवाआमा उनकी मामा घर सिरहाको मटलेश्वर न्यौतामा गएको मौका छोपी बालिकालाई घर भन्दा करिब १ किलोमिटर दक्षिण खेतमा लगेर बलात्कार गरेको बालिकाको कथन छ ।
बुधबार राती करिब ११ बजे कोही नभएको मौका छोपी दुवै जना बालिकाको घरमा पसेर मुख बाँधी पर लगेको बताइएको छ ।
बालिकालाई बलात्कार गर्दै मोबाईलमा भिडियो समेत खिचेर दुवै जना गाउँबाट फरार भएको स्थानीय विनोद रोहिताले न्यूज ब्यूरोसँग भने ।
उनीहरुले मलाई जबदस्ती गरे, मलाई मुख थोतेर घरबाट उठाए लगे, मसँग कुकर्म गरे र मोबाईलमा भिडियो पनि खिच्दै धम्की पनि दिए, कसैलाई भन्यो भने मारिदिन्छु । पीडित बालिकाले भनिन् ।
बलात्कारपछि रुदै कराउँदै घर आएकी बािलकाले छरछिमेकीलाई घटनाबारे जानकारी गराएपछि स्थानीयले प्रहरीलाई खवर गरेका थिए ।
पीडित बालिका उपर जवरस्ती करणी (बलात्कार) भएकै हो भनेर ईलाका प्रहरी कार्यालय यदुकूहाका ईन्चार्ज पवन झाले न्यूज ब्यूरोसँग भने ।
पीडित बालिकालाई ईलाका प्रहरी कार्यालय यदुकूहामा राखिएको छ भने केही बेरमै जनकपुर अञ्चल अस्पताल जाँचको लागि पठाउने तयारी भईरहेको जनाए ।
यता, फरार दुवै जनालाई ईलाका प्रहरी कार्यालय यदूकूहा र प्रहरी चौकी चोरा कयलपुरको सँयुक्त टोलीले खोजविन गर्न सक्रियता बढाएको छ ।
घटना बारे थप जानकारी आउन बाँकी पनि छ ।
**********************************************************************************************************************************
मधेसको नं. १ डिजिटल पत्रिका : www.enewsbureau.com
फेसबुक पेज लाईक गर्नुहोस : NewsBureau Nepal
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…