मधेश प्रदेशको यी स्थानीय तहमा भोली र पर्सी सार्वजनिक विदाको घोषणा
दुई दिन सो नगरपालिकाभित्रको कुनै पनि सरकारी कार्यालय, स्कुल, कलेज समेत नचल्ने गरी सार्वजनिक विदा दिएको हो । प्रतियोगिताकै कारण स्कूल कलेजहरुमा समेत विदा दिनु अनुचित रहेको टिकाटिप्पणी गरिएको छ ।

२०७८ फागुन २४ मंगलबार, राति ८:१७ बजे१ मिनेट पढाइ
न्यूज ब्यूरो, रौतहट । मधेश प्रदेशको एक स्थानीय तहले भोली २५ गते फागुन र पर्सी २६ गते फागुण गरी दुई दिन सार्वजनिक विदा दिने निर्णय गरेको छ ।
मधेश प्रदेशको रौतहट जिल्लास्थित रहेको ईश्नाथ नगरपालिकाले भोली बुधबार र पर्सी विहिबार सार्वजनिक विदा दिने निर्णय गरेको हो ।
ईश्नाथ नगरपालिका अन्तर्गत सँचालनमा रहेको पालिकास्तरीय मेयर कप टी–२० क्रिक्रेट प्रतियोगिताको अन्तिम चरणको खेलको कारण नगरपालिकाका कर्मचारीहरु खेलमै व्यस्त हुने भन्दै सार्वजनिक विदा दिएको हो ।

नगरपालिकाका नगर प्रमुख सँतोष कुमार मेहता र उपप्रमुख हुस्ने आराद्धारा सँयुक्त हस्ताक्षरित सूचनामा फागुन २५ र २६ गते दुई दिन सार्वजनिक विदा हुने भएको छ ।
दुई दिन सो नगरपालिकाभित्रको कुनै पनि सरकारी कार्यालय, स्कुल, कलेज समेत नचल्ने गरी सार्वजनिक विदा दिएको हो । प्रतियोगिताकै कारण स्कूल कलेजहरुमा समेत विदा दिनु अनुचित रहेको टिकाटिप्पणी गरिएको छ ।
मधेश प्रदेशमा विभिन्न चाडपर्वमा नजिकै नजिक विदा दिँदा आम नागरिक आतिदाँ पनि स्थानीय विदाको क्रममा क्रिक्रेट म्याचको कारण दुई दिन नै सार्वजनिक विदा दिँदा आलोचनात्मक टिप्पणी गरिएको हो ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…