धनुषाधाममा दोस्रो मेयरकप नकआउट फुटबल प्रतियोगिता सुरु, पहिलो खेलमा जनकपुर पराजित
धनुषाधाम नगरपालिकाको आयोजनामा सुरुभएको प्रतियोगितामा उद्घाटन खेल जनकपुरधाम र आयोजक टिम पर्वता खेलाडिहरु बिच भएको थियो ।

२०७८ फागुन १९ बिहीबार, बिहान १०:३३ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो,जनकपुरधाम । धनुषाकोको धनुषाधाम नगरपालिकाको आयोजनामा दोस्रो मेयरकप फुटलब प्रतियोगिता सुरु भएको छ ।
नगरपालिकाको वडा नम्बर ५ पर्वतास्थित दोस्रो मेयरकप नकआउट फुटबल प्रतियोगिता २०७८ प्रारम्भ भएको हो ।
मेयरकप फुटबल प्रतियोगिताको वडा नम्बर ५ का अध्यक्ष इन्द्रकुमार महतोको अध्यक्षता तथा नगर प्रमुख बालेश्वर मण्डलको प्रमुख आतिथ्यमा उदघाटन गरिएको हो ।
खेलको उदघाटन सत्रमा बोल्दै नगर प्रमुख मण्डलले राष्ट्रका लागि खेल, स्वास्थ्यको लागि खेल खेलाडीहरुले देशको नाम उच्च पार्न सँघर्ष गर्नुपर्ने बताए ।
गाउँ गाउको खेलाडीहरुको मनोबल उच्च भए खेलकुद प्रतियोगिता हुँदा स्थानीय खेलाडीहरुको खेलकुद प्रती इच्छा वृद्धि हुनेमा जोड दिए ।
उनले खेलकुदले शारीरिक व्याम देखि अनुशाशीत हुने शैली सिकिने बताउँदै यस प्रतियोगितामा शान्तिपुर्ण रुपले खेल्ने भन्ने बिश्वास समेत लिए ।
उदघाटनको क्रममा वडा अध्यक्ष महतोले खेलाडीहरुको उत्साह अगाडी बढोस् खेलप्रति सद्भाव समुदायमा उजागर हुने बताए ।
उद्घाटन खेलमा पर्वताको फराकिलो जित सुरुभएको प्रथम धनुषाधाम दोस्रो मेयरकप नकआउट फुटवल प्रतियोगिता २०७८ को पहिलो खेलमा पर्वताले जनकपुरधाम लाई शून्यका बिरुद्ध २ गोलले पराजित गरेको छ ।
धनुषाधाम नगरपालिकाको आयोजनामा सुरुभएको प्रतियोगितामा उद्घाटन खेल जनकपुरधाम र आयोजक टिम पर्वता खेलाडिहरु बिच भएको थियो ।
सो खेलमा ९ वटा टिम जिल्ला भरीबाट सहभागी भएको छ भने फाईनल खेल २४ गते २ बजे हुने आयोजकले जनाएको छ ।
प्रतियोगितामा प्रथम हुने समुहलाई नगद ५० हजार , कप र प्रमाण पत्र र उपविजेतालाई नगद २५ हजार सहित प्रमाणपत्र प्रदान गरिने प्रतियोगिताका संयोजक रामविश्वास ठाकुरले जानकारी दिए ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।

















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…