५ बर्षको लागि भारतबाट युरिया र डिएपी मल खरिद गर्ने सम्झौता
सम्झौता पाँच वर्षका लागि हुने छ। सम्झौता अनुसार चालु आर्थिक वर्ष २०७८/७९ मा १ लाख ५० हजार टन मल ल्याइनेछ।

२०७८ फागुन १७ मंगलबार, बिहान ८:४९ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, जनकपुरधाम । नेपाल र भारतबीच रासायनिक मल (युरिया र डीएपी) मल आपूर्तिका लागि दुई देशका सरकारबीच समझदारी पत्रमा हस्ताक्षर भएको छ।
जीटूजी व्यस्थामार्फत भारतबाट नेपाल युरिया र डीएपी मल आपूर्तिका लागि दुवै देशका सरकारबीच समझदारी पत्रमा हस्ताक्षर भएको छ। पाँच वर्षका लागि जी–टू–जी (सरकार–सरकार) प्रक्रियामा मल खरिद गर्ने गरी दुई देशबीच समझदारी पत्रमा हस्ताक्षर भएको हो।
नेपालका तर्फबाट कृषि तथा पशुपंक्षी मन्त्रालयका सचिव गोविन्द्रप्रसाद शर्मा र भारतका तर्फबाट रसायन एवं मल मन्त्रालयका सचिव राजेश कुमार चतुर्वेदीले हस्ताक्षर गरेका छन्।
कृषि तथा पशुपन्छी विकास मन्त्री महिन्द्र राय यादव र नेपालका लागि भारतीय राजदूत महामहिम विनय मोहन क्वात्राको उपस्थितमा आयोजित भर्चुअल समारोहका बीच दुई पक्षबीच समझदारी पत्रमा हस्ताक्षर एवं समझदारी पत्रको आदानप्रदान भएको हो।
सम्झौता पाँच वर्षका लागि हुने छ। सम्झौता अनुसार चालु आर्थिक वर्ष २०७८/७९ मा १ लाख ५० हजार टन मल ल्याइनेछ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।

















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…