जानकी मन्दिर पछाडीको जग्गा हतियाउन सम्प्रादायिक हिसाबले श्रीमानलाई फँसायोः रुबी भगत
उनीहरुले जानकी मन्दिर नजिक रहेको करोडौंको जग्गा हतियाउने दाउमा समेत मेरो श्रीमान्लाई फँसाउनकै लागि पक्राउ गर्न लगाएको हो।’
२०७८ फागुन १६ सोमबार, बिहान ९:१३ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, जनकपुरधाम । जबरजस्ती करणीको आरोपमा पक्राउ परेका सोनु कुमार भगतकी श्रीमतिले श्रीमानलाई सम्प्रादायिक हिसाबले फँसाएको दाबी गरेकी छिन् ।
जनकपुधाम उपमहानगरपालिका वडा नम्बर ४ बस्ने सोनु कुमार भगत निर्दोष रहेको तथा उनलाई सम्प्रादायिक हिसाबले फँसाएको मात्र उनकी श्रीमति रुबीदेवी भगतले दाबी गरेकी छिन् ।
जनकपुरधाममा आइतबार पत्रकार सम्मेलनको आयोजना गरी रुबी भगतले भनिन्, ‘प्रहरीले उनलाई ११ गते पक्राउ ग¥यो र उनीमाथि १० गत्ते करणी गरेको आरोप लगाइएको छ , जबकी त्यो दिन मेरो श्रीमान् वीरगञ्ज गएका थिए । ’
जनकपुरधाम उपमहानगरपालिका वडा नम्बर ५ मा समेत पुस्तैनी घर रहेको र सोही टोलका २१/२२ वर्षीया एक महिलाले केही व्यक्तिको प्रलोभनमा परी झुठा मुद्दा दिन लगाइ सोनुलाई फँसाउने षड्यन्त्र गरिरहेको रुबीले आरोप लगाइन् ।
उनले भनिन्,‘ विगतदेखि नै विभिन्न बहानामा केही व्यक्तिहरुले पटक पटक दुःख दिने गरेकोले पुस्तैनी घर समेत छाडेर जउनपा–४ मा बस्न बाध्य भएका थियौं । उनीहरुले जानकी मन्दिर नजिक रहेको करोडौंको जग्गा हतियाउने दाउमा समेत मेरो श्रीमान्लाई फँसाउनकै लागि पक्राउ गर्न लगाएको हो।’
त्यसै गरी प्रहरीले पक्राउ गरेपछि केही व्यक्तिहरुले १० लाख रुपियाँको माग गर्दै श्रीमानलाई रिहा गराउने धम्की समेत दिएको उनले बताइन् ।
यता, जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी जितेन्द्र बस्नेतले घटनाबारे अनुसन्धान जारी रहेकोले अहिले केही पनि भन्न नसकिने बताए ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
लेखक
ध्रुव झा
न्यूज ब्यूरो, संवाददाता
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।
















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…