मारुती सिमेन्ट फ्याक्ट्रीमा एक इन्जिनीयरको खसेर मृत्यू, फ्याक्ट्रीमा हडताल
शव पोष्टमार्टमको लागि रामकुमार उमाप्रसाद स्मारक अस्पताल लहानमा राखिएको जनाएको छ ।

२०७८ फागुन १५ आइतबार, राति ९:५० बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, सिरहा । सिरहा जिल्लास्थित रहेको मारुती सिमेन्ट फ्याक्ट्रीमा काम गर्ने एक ईन्जिनीयरको खसेर मृत्यू भएको छ ।
उद्योगको लापर्वाहीका कारण सिरहाको मारुती सिमेन्ट उद्योगमा कार्यरत एक मजदुरको मृत्यु भएको हो ।
उद्योगमा प्रोजेक्ट साईडको एसआरएम ईन्जिनियरको रुपमा कार्यरत वेल्डर सरुवारानी गाउँपालिका वडा नम्बर ६ प्यूठान का २८ वर्षिय बेच बहादुर पुण मगरको काम गरिरहेको अबस्थामा फलामे पाइपले टाउकोमा लागेर मृत्यु भएको हो ।
काम गरिरहेको अवस्थामा चेनपुल्लिले माथि तानिरहेको फलामे पाइप झरेर टाउकोमा लाग्दा मगरको घटनास्थलमै मृत्यु भएको ट्रेड युनियन महासंघका जिल्ला अध्यक्ष रामपुकार कामतिले जानकारी दिए ।
पुनको मृत्यु पछि विहानै देखि मजदुरहरुले घटनाको छानविन गरी लापर्वाही गर्नेलाई कार्वाहीको माँग राख्दै उद्योग बन्द गरेको छ ।
उद्योगले कामदारहरुलाई अपनाउनु पर्ने आवस्यक सुरक्षा प्रवन्ध नमिलाएका कारण दुर्घटना हुने गरेको अध्यक्ष कामतीको आरोप रहेको छ ।
उद्योगले त्यहाँ कामगर्ने मजदुरहरुलाई सामान्य हेलमेटको समेत व्यवस्था नगरेको बताइन्छ । यता, उद्योगले दुर्घटनामा परि मृत्यु भएको वताएको छ ।
मृतक मगरका श्रीमती रिना पुन मगरले घटनाको उचित छानविनको माँग सहित उजुरी गरेको बताइएको छ ।
यता, जिल्ला प्रहरी कार्यालय सिरहाले मजदुरको लडेर मृत्यु भएको जनाएको छ । जिल्ला प्रहरी कार्यालय सिरहाका सूचना अधिकारी सुवास बुढाथोकीले भने, ‘मैले कामगर्ने क्रममा लडेर मृत्यु भएको जानकारी पाएको छु, घटनाबारे थप अनुसन्धान भईरहेको छ ।’
शव पोष्टमार्टमको लागि रामकुमार उमाप्रसाद स्मारक अस्पताल लहानमा राखिएको जनाएको छ ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्

















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…