तस्करीको समाचार लेखेपछि पत्रकार लकअपमा, प्रहरी भन्छन-'ठगी मुद्दामा पक्राउ गरियो'
एक जनाले पत्रकार यादवमाथि ठगीको आरोप सहित जाहेरी दिएको भन्दै अनुसन्धानको लागि मात्र पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ । जाहेरी कसले र कुन आधारमा दिएको भन्नेबारे व्यस्तता जनाउँदै प्रहरीले पछि मात्र जानकारी दिने जनाएको छ ।

२०७८ फागुन १४ शनिबार, बेलुकी ७:५९ बजे२ मिनेट पढाइ
न्यूज ब्यूरो, जनकपुरधाम । मधेश प्रदेशको बारा जिल्लास्थित एक सँचारकर्मीलाई प्रहरीले पक्राउ गरी लकअपमा राखेको छ ।
पर्सा जिल्लाका सँचारकर्मी धर्मेन्द्र प्रसाद यादवलाई बारा प्रहरीले पक्राउ गरेको छ । उनलाई बुधबार नै पक्राउ गरिएको जनाइएको छ ।
सीमा क्षेत्रमा प्रहरीकै मिलोमत्तोमा कपडा, भैँसीको अवैद्य तस्करी भएको समाचार निरन्तर लेख्दै आएका पत्रकार यादवलाई प्रहरी नै सुनुयोजित तवरले फँसाएर पक्राउ गरेको आरोप लगाइएको छ ।
तस्करसँग प्रहरीको सेटिँगमा सीमा क्षेत्रमा कपडा र भैँसीको तस्करी तथा भन्सार छली भएको बारेमा निरन्तर समाचार लेख्दै आएका पत्रकार यादवलाई रौतहटकै घटनाजस्तै प्रहरीले नै फँसाएको आरोप उनका परिवारजनले लगाएको छ ।
केही महिनाअघि तस्करका मतियार पत्रकार र प्रहरीको मिलेमतोमा रौतहट एक्सप्रेसका संचालक मज्बुल्लाह अंसारीलाई लागूऔषध कारोबारमा प्रहरीकै घुमुवाले नै लागुऔषध राखेर फँसाएको घटना नजिर भएको बेला बारामा पत्रकार पक्राउ पर्नुले प्रहरीले योजना बनाएर फँसाएको आरोप लगाइएको छ ।
बाराको सिमाक्षेत्रमा दिनहुँ कपडा र भैसीको तस्करी भैरहेको सूचना स्थानीय जनताबाट प्राप्त हुँदा पर्साका पत्रकारको टोलीले बाराको सिमा क्षेत्रमा रिपोर्टिङमा पुगेको थियो ।

















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…