सिरहाबाट ३ किलो बढी चाँदीसहित एक जना पक्राउ
यसको साथै, उनको साथमा रहेको भारु २० हजार २० रुपैयाँ तथा नेपाली ५१० रुपैयाँको साथै एक सेट सादा मोवाईल समेत नियन्त्रणमा लिई आवश्यक कारवाहीको लागि जिल्ला भन्सार कार्यालय माडरमा बुझाएको डिएसपी थापाले जनाए ।

२०७८ फागुन १० मंगलबार, राति ८:०३ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, सिरहा । सशस्त्र प्रहरी बल सिरहाले ३ किलो बढी चाँदीसहित एक जनालाई पक्राउ गरेको छ ।
मँगलबार सिरहाको लहान नगरपालिका वडा नबर ७ दुर्गामन्दिरस्थितबाट ४ किलो बढी चाँदी सहित एक पुरुष पक्राउ परेको हो ।
दुर्गा मन्दिर स्थित मजकुर नम्बर २ छिन्नमस्ता बाहिनी मुख्यालय महोत्तरीबाट खटेको सशस्त्र प्रहरी बल हबल्दार मन्तोष कुमार सिंह र नं ७ गण हेडक्वाटर सिरहाबाट खटेको सहायक प्रहरी हबल्दार राम प्रवेश राय यादबको ७ जनाको स्क्वाड टोलीले पक्राउ गरेको हो ।
भारतबाट अवैध रुपमा भन्सार छली गरी नेपाल ल्याउँदै गर्दा भारतको जिल्ला मधुवनी बिहार थाना राजनगर १२ अमादटोल बस्ने बर्ष ३८ को रन्जित रायलाई शंका लागि चेकजाँच गर्दा अन्दाजी ३ किलो ५२ ग्रामको तयारी गहनासहित पक्राउ गरिएको हो ।
चाँदी जस्तो देखिने धातु नियन्त्रणमा लिई सुन चाँदी व्यवसायी संघ लहानमा चेक गराउन लगिएकोमा १ किलो २०० ग्राम चाँदी प्रमाणित भएको तथा बाँकि रसायनको लागि अन्य धातु १ किलो ८०० ग्राम रसायन रहेको प्रमाणित भएको सशस्त्र प्रहरी ७ नम्बर गण सिरहाका डिएसपी बिनोद थापाले जानकारी दिए ।
यसको साथै, उनको साथमा रहेको भारु २० हजार २० रुपैयाँ तथा नेपाली ५१० रुपैयाँको साथै एक सेट सादा मोवाईल समेत नियन्त्रणमा लिई आवश्यक कारवाहीको लागि जिल्ला भन्सार कार्यालय माडरमा बुझाएको डिएसपी थापाले जनाए ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।

















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…