सशस्त्र प्रहरीले समाते तीन क्वीन्टल कुखुरा, स्थानीयको रोहबरमा सबै नष्ट
सस्तो दरमा भारतबाट ल्याउने र नेपालमा बिक्री गर्ने भएकाले नेपालमा उत्पादन गर्ने कृषकको मर्का परेको प्रहरी निरीक्षक दिपक कोइरालाले बताए ।

२०७८ फागुन ८ आइतबार, बिहान ८:१७ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, जनकपुरधाम । भारतबाट अवैध रुपमा नेपाल ल्याउँदै गरेका तीन क्विन्टल ब्रोइलर कुखुरा शस्त्र प्रहरीले नियन्त्रणमा लिएर नष्ट गरेको छ ।
धनुषाको औरही गाउँपालिका वडा नम्बर ६ चक्करबाट भारतीय नम्बर प्लेट भएका मोटरसाइकलमा ल्याउँदै गरेको अवस्थामा सनिवार शस्त्र प्रहरी सोनिगमा बेस क्याम्पका प्रहरी निरीक्षक दिपक कोइराला नेतृत्वको टोलीले २ वटा मोटरसाइकलसहित तीस सय किलो कुखुरा नियन्त्रणमा लिएको थियो।
प्रहरी निरीक्षक दिपक कोइरालाले ती कुखुराको तौल तीन सय किलो भन्दा बढी रहेको बताए । उनले भने, ‘ हाम्रो टोलीले भारतीय नम्बर प्लेट भएका मोटरसाइकलमा कुखुरा देखेर सोधपुछ गर्दा ईन्डियाबाट ल्याएको पोल्टी फार्मको बिल समेत रहेको थियो ।’
अवैध कुखुरा भने क्वारेन्टाइन कार्यालयको कर्मचारी र हँसपुर नगरपालिका वडा नम्बर ९ का वडा अध्यक्ष नरेश मंडल लगायत स्थानीयहरुको रोहवरमा नष्ट गरेको छ । अवैध कुखुरा ओसार पसारको लागि प्रयोग भएको मोटरसाइकल भन्सार पठाइएको हो।
सस्तो दरमा भारतबाट ल्याउने र नेपालमा बिक्री गर्ने भएकाले नेपालमा उत्पादन गर्ने कृषकको मर्का परेको प्रहरी निरीक्षक दिपक कोइरालाले बताए ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।

















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…