अनैतिक सम्बन्ध भएको भन्दै वडाध्यक्षले यसरी दिए चरम यातना
न्यूज ब्यूरो || महोत्तरी, १३ चैत्त । जेठाजुसँग बुहारीले अवैध सम्बन्ध राखेको भन्दै महोत्तरीको सोनमा गाउँपालिकाका वडा अध्यक्ष महेश यादवले जेठाजु र बुहारीलाई हात खुट्टा बाँधेर यातना दिएका छन् । सोनमा गाउँपालिका ७ सुन्दरपुरका वडा अध्यक्ष महेश ९महेशी० यादवले स्थानीय ५५ वर्षीय इसराफिल बैठा धोवी र उनका बुह

२०७४ चैत १३ मंगलबार, बेलुकी ७:०८ बजे३ मिनेट पढाइ
न्यूज ब्यूरो ||
महोत्तरी, १३ चैत्त । जेठाजुसँग बुहारीले अवैध सम्बन्ध राखेको भन्दै महोत्तरीको सोनमा गाउँपालिकाका वडा अध्यक्ष महेश यादवले जेठाजु र बुहारीलाई हात खुट्टा बाँधेर यातना दिएका छन् ।
सोनमा गाउँपालिका ७ सुन्दरपुरका वडा अध्यक्ष महेश ९महेशी० यादवले स्थानीय ५५ वर्षीय इसराफिल बैठा धोवी र उनका बुहारी करीब ४५ बर्षीय सैरुल खातुनलाई कुटपीट गरेर यातना दिएका हुन्।
वडा कार्यालयमा भएको पञ्चायतकै बीचमा वडा अध्यक्ष यादवले उनीहरुलाई अवैध सम्बन्ध राखेको आरोपमा चरम यातना दिएको पञ्चायतमा सहभागीहरूले जनाएका छन्।
घटना १० दिन अघिको भएपनि कुटपीट गरिएको भिडियो सोमबार मात्रै समाजिक सञ्जालमा सार्वजनिक भएपछि घटनाको रहश्य खुलेको हो।
सुन्दरपुर वडा कार्यालयको सभाकक्षको ढोका बन्द गरेर गरिएको पञ्चायतमा बाँसको कर्चीले कुटपीट गरेको भिडियो सार्वजनिक पनि भएको छ।
पञ्चायतमा वडा अध्यक्ष यादवले सैरुललाई आफैले कुटपीट गरेको छन् भने, इसराफिललाई स्थानीय अमृत राय यादवले कुटेका हुन्।

















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…