धनुषामा Imo, Viber बाट चिट चोरी, सहायक केन्द्राध्य सहित ५ पक्राउ !
न्यूज ब्यूरो || जनकपुरधाम, १३ चैत्त । प्रविधिको विकाससँगै चिट चोरीको प्रविधिमा समेत विकास भएको हो भनेर धनुषा जिल्लामा एईई परीक्षामा अनुभूति गर्न सकिन्छ । एसईई परीक्षा अन्तर्गत आज चौथो दिन सम्पन्न भएको विज्ञान विषयको परीक्षामा मेसेन्जर, ईमो, भाईबर र ह्वाट्एपबाट प्रश्नपत्र आउट गर्दै चिट समेत चोराउँदै

२०७४ चैत १३ मंगलबार, बेलुकी ६:०९ बजे२ मिनेट पढाइ

न्यूज ब्यूरो ||
जनकपुरधाम, १३ चैत्त । प्रविधिको विकाससँगै चिट चोरीको प्रविधिमा समेत विकास भएको हो भनेर धनुषा जिल्लामा एईई परीक्षामा अनुभूति गर्न सकिन्छ ।
एसईई परीक्षा अन्तर्गत आज चौथो दिन सम्पन्न भएको विज्ञान विषयको परीक्षामा मेसेन्जर, ईमो, भाईबर र ह्वाट्एपबाट प्रश्नपत्र आउट गर्दै चिट समेत चोराउँदै गर्दा ५ जनालाई जिल्ला प्रहरी कार्यालय धनुषाले पक्राउ गरेको छ ।
धनुषाको कुवारामपुर माविबाट पाँचै जनालाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ ।
पक्राउ पर्नेहरुमा महोत्तरी मनरा सिसवा नपा २ बस्ने रतन ठाकुरको २२ बर्षिय छोरा तथा जनकपुरको सरस्वती कोचिँग सेन्टरका चन्दन ठाकुर , सिरहा जिल्ला सनैठा गाउँपालिका वडा नं. ६ बस्ने राम चलित्तर ठाकुरका २७ बर्षिय छोरा सरस्वति कोचिँग सेन्टरकै राम प्रकाश ठाकुर, जनकपुर उपमहानगरपालिका वडा नं. २५ बस्ने मोद नारायण ठाकुरका ३६ बर्षिय छोरा एवम् सरस्वति कोचिँग सेन्टरका सँचालक समेत रहेका अविनाश कुमार ठाकुर र परीक्षा गार्डमा रहेका जनकपुर उपमहानगरपालिका वडा नं. २ बस्ने हरिनारायण महतोका २२ बर्षिय छोरा नविन कुमार महतो रहेका छन् ।
यस्तै, पक्राउ पर्नेमा उक्त परीक्षा केन्द्रका सहायक केन्द्राध्यक्ष राजेन्द्र पँजियारलाई समेत पक्राउ गरिएको हो ।
विभिन्न परीक्षा केन्द्रहरुमा मेसेन्जरहरु मार्फत परीक्षा सुरु हुनु अगावै प्रश्नपत्र आउट गरी जवाफ समेत म्यासेन्जरहरुबाट पठाउने गरेको भन्दै समाचार प्रकाशन प्रकाशित भएपछि धनुषा प्रहरीको अनुगमन टोली सक्रिय भएको हो ।
धनुषा प्रहरीको टोली मावि कुवारामपुरमा अनुगमन गर्दा भित्रैबाट सहायक केन्द्राध्यक्ष पँजियार सहित परीक्षा गार्ड र जनकपुरमा सँचालित सरस्वति कोचिँग सेन्टरका सँचालकहरु समेत मेसेन्जर, भाईबर, ब्हाट्सएप, ईमो बाट प्रश्नपत्र आउट गरी उत्तर समेत पठाउने गरेको पाएपछि पक्राउ गरिएको हो ।
पक्राउ परेकाहरुले परीक्षार्थीहरुबाट २० देखि २५ हजार रुपैयाँसम्म लिएर ईमो, भाईबर, ह्वाट्एप र मेसेन्जरबाट चिट चोरी गराईदिने भनेर मौखिक सम्झौता अनुसार चिट चोराएको बताइएको छ ।
कोचिँग सेन्टरका सँचालकहरुले समेत आफ्ना कोचिँगमा पढने विद्यार्थीहरुलाई पास गराउने ग्यारेन्टी लिने गरेकोले त्यसउपर थप पैसा लिएर चिट चोराउँदै गरेकोमा धनुषा प्रहरीले उनीहरुलाई पक्राउ गरी जिल्ला प्रहरी कार्यालय धनुषामा राखेको छ ।
यता, पक्राउ गरिएकाहरुलाई आवश्यक कानुनी कारवाहीको लागि जिल्ला प्रहरी कार्यालय धनुषामा राखी अनुसन्धान अघि बढाएको हो ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…