धनुषा प्रहरीद्धारा मुर्गीको अण्डा पक्राउ , कारवाहीको लागि क्वारेन्टाइनमा
स्वास्थ्य अण्डा बजारमा नजाँदा आम उपभोक्ताको स्वास्थ्यमा गम्भिर असर परिरहेको छ । भारतबाट निर्वाध रुपमा बिनाचेकजाँचकै अण्डा नेपाल भित्र्याइन्छ ।

२०७८ फागुन ५ बिहीबार, बेलुकी ५:४८ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, जनकपुरधाम । जिल्ला प्रहरी कार्यालय धनुषाले ९ कार्टनु मुर्गी (कुखुरी) को अण्डा पक्राउ गरेको छ ।
बुधबार बिहान करिब ४ः३० बजेको समयमा जिल्ला प्रहरी कार्यालय धनुषाबाट खटि गएको गस्ती टोलीले जनकपुरधाम उपमहागनरपालिका वडा नम्बर ४ विश्वकर्माचोक स्थितबाट ९ कार्टुन अण्डा पक्राउ गरेको हो ।
सो चोकबाट ९ कार्टुन अण्डा पक्राउ गरी आवश्यक कारवाहीको लागि पशुपँक्षी क्वारेन्टाइन कार्यालय जनकपुरधाममा पठाइएको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ ।
भारतबाट ल्याउँदै गरेको अण्डा बिना चेकजाँचकै बजारमा पठाइरहेको व्यापक गुनासोपछि प्रहरीले स्वस्थ्य अण्डा मात्र उपभोक्तासम्म जान दिन कडाई गरेको हो ।
स्वास्थ्य अण्डा बजारमा नजाँदा आम उपभोक्ताको स्वास्थ्यमा गम्भिर असर परिरहेको छ । भारतबाट निर्वाध रुपमा बिनाचेकजाँचकै अण्डा नेपाल भित्र्याइन्छ ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।

















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…