यूके एडको आर्थिक सहयोगमा शिक्षकलाई ४ दिने तालिम
एक असल शिक्षकहरुमा हुनुपर्ने व्यक्तिगत गुणहरु तथा भूमिका बारे जानकारी पाई स्वयम व्यवहार परिवर्तन गर्न, अनौपचारिक शिक्षाबाट भर्ना भएका विद्यार्थीहरुलाई नियमितता गर्न तथा शिक्षण विधिहरु बारे ज्ञान हासिल गरी प्रयोग गर्न सक्षम हुने आयोजकले जनाएको छ ।

२०७८ माघ २९ शनिबार, राति ९:४० बजे२ मिनेट पढाइ
राधेश्याम कुशवाहा, सर्लाही । नयाँ विधिबाट पठनपाठन गराउने उदेश्यले सर्लाहीका २२ शिक्षकहरुलाई ४ दिने अभिमुखिकरण तालिम दिईएको छ ।
सर्लाहीको मंलगवा स्थित महेन्द्र होटेलको मिटिंग हलमा दुई स्थानिय तहका ११ वटा विद्यालयका शिक्षकहरुलाई उक्त तालिम दिईएको छ ।
यूके एडको आर्थिक सहयोग तथा भि.एस.ओ, एच. आई र प्रेरणाको साझेदारीमा किशोरी सशक्तिकरण कार्यक्रम अन्तर्गत मंलगवा नगरपालिका र कौडेना गाउँपालिकाको कक्षा १ देखि ३ सम्मका शिक्षकहरुलाई पढाई, संख्यात्मक सिप र अतिरिक्त क्रियाकलाप बारे तालिम दिईएको छ ।
स्थानिय उपलब्ध स्रोत साधनबाट विद्यालयमा बालमैत्री वातावरण निर्माण गरी बालबालिकालाई कसरी पठनपाठन गराउने जस्ता कुराहरु तालिमबाट सिकेको तालिममा सहभागि शिक्षक नौशाद मिकरानी ले बताउनुभयो । बालबालिकालाई आफनो घर सुरक्षित र विद्यालय जेल जस्तै लाग्ने गरेका हुन्छ, उहाँले भन्नुभयो ।
तालिममा प्राप्त सिपको प्रयोग गरेर विद्यालयमा बालबालिका सुहाउँदो रमाउने खालको वातावरण निर्माण गरी प्रभावकारी तरिकाले गुणस्तररिय शिक्षा प्रदान गर्न सकिन्छ । सामुदायिक विद्यालयबाट विद्यार्थी छाडने चलन एउटा विकराल समस्याको रुपमा रहेको छ ।
यसको प्रयोगले परम्परागत शिक्षण विधि विस्थापित हुनुको साथै विद्यार्थी नानिहरुलाई विद्यालयसम्म ल्याई लामो समय टिकाईराख्न समेत मद्वत मिल्ने बताउनुभयो ।


















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…