"मधेसीको बलिदानीले आफ्नै शासन पाएको छ" : मन्त्री साह
कुलदीप दास || जनकपुरधाम, १२ चैत्त । प्रदेश २ को समाजिक विकास मन्त्री नवलकिशोर साह मधेसी जनताको बलिदानीबाट एकात्मक शासनलाई हटाउँदै आफ्नै शासन पाएको बताएका छन् । सोमबार जनकपुर चुरोट कारखाना स्थित मन्त्री निवासमा गृह प्रवेश गर्दै मन्त्री साहले मधेसी शहिदको बलिदानीले आफ्नो हकाधिकार पाएको बताएका छन् । वि

२०७४ चैत १२ सोमबार, राति १०:०० बजे१ मिनेट पढाइ

कुलदीप दास ||
जनकपुरधाम, १२ चैत्त । प्रदेश २ को समाजिक विकास मन्त्री नवलकिशोर साह मधेसी जनताको बलिदानीबाट एकात्मक शासनलाई हटाउँदै आफ्नै शासन पाएको बताएका छन् ।
सोमबार जनकपुर चुरोट कारखाना स्थित मन्त्री निवासमा गृह प्रवेश गर्दै मन्त्री साहले मधेसी शहिदको बलिदानीले आफ्नो हकाधिकार पाएको बताएका छन् ।
विहान पुजा पाठ गरि मन्त्री निवासमा गृह प्रवेस गरेका मन्त्री साहले मधेश प्रदेशलाई नमुना प्रदेश वनाउनका लागि सम्पुर्ण मधेशी समुदायका नेताहरुलाई सहयोग गर्न आग्रह गरेका छन ।
उनले संचारकर्मीहरुलाई सम्वोधन गर्दै मधेशी शहिदहरुको वलिदानीले मधेशले आफनो अधिकार पाएको र एकात्मक शाषनलाई हटाउदै मधेशले आफनै शासन पाएको वताउदै मधेश प्रदेशलाई नमुना प्रदेश वनाएर शहिदको सपना साकार वनाउनका लागि सवैमा अनुरोध समेत गरेका छन ।
राष्ट्रिय जनता पार्टी नेपालका नेता समेत रहेका मन्त्री नवल किशोर साह प्रदेश २ नै संघियताको निमार्णकर्ता रहेकाले प्रदेश २ लाई मुलुककै शक्तिशाली प्रदेश वनाउनमा प्रतिवद्ध रहेको बताए ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।

















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…