बहिनीलाई ससुराली पुरयाउन गएका थिए भाई, ननदसँग जबरदस्ती गराईदियो बिहे
विनोद कुमारले भनेका छन् की उनी आफ्नो मर्जीले मात्र विवाह गर्नेछ ।

२०७८ माघ १८ मंगलबार, बिहान ८:१८ बजे२ मिनेट पढाइ

न्यूज ब्यूरो, जनकपुरधाम । बहिनीको बिहेपछि बहिनीलाई ससुराल पुगाउन गएका एक भाईलाई उनको ननदसँग जबरदस्ती बिहे गराईदिएको घटना बाहिर आएको छ ।
नेपाल–भारतको सीमासँगै रहेको छिमेकी मुलुक भारत बिहारको समस्तीपुरको यो घटना हो । आफ्नो बहिनीलाई उनको ससुराली पुगाउन गएका भाईलाई त्यहाँ समातेर पकडौआ विवाह गराइदिएको खुलेको छ ।
विहारको समस्तीपुर जिल्लाको सदर अनुमण्डल क्षेत्रको मोरवामा भएको एक विवाहको चर्चा अहिले सो क्षेत्रमा चलेको छ । अहिले दुल्हा बनेको युवक आफ्नो बहिनीलाई उनको ससुराल छोडन गएपछि जबरदस्ती विहे गराइदिएको हो ।
उनको बहिनीको ननदको बिहेलाई लिएर परेशान रहेका उनको परिवारजनलाई कुनै बाटो नदेखिएपछि युवकसँग बिहे गराईदिएको बुझिएको छ । अन्य ठाउँबाट आउने घटक (बरतुहार) हरुले दाईजोमा मोटो रकम मागेपछि परिवारजन समस्यामा परेका थिए ।
सोही क्रममा आफनो बहिनीलाई उनको ससुराल छोडन गएका युवकलाई उनको बहिनीको ससुराल पक्षले समातेर बहिनीको ननदसँग जबरदस्ती बिहे गराइदिएको मामिला बाहिर आएको छ । उनीहरुको गाउँकै मन्दिरमा लगेर बिवाह गराइदिएको हो ।
घटनाको अनुसार, दलसिँह सरायको साठा बस्ने युवक बिनोद कुमारले आफ्नो बहिनीलाई उनको ससुराल पुरयाउन गएका थिए । सोही क्रममा बहीनीको ससुरा पक्षले बिनोदलाई समातेर गाउँमै रहेको खुदनेश्वर स्थान मन्दिरमा लगेर विवाह गराएको हो ।
समातेर मन्दिर लगेको विनोद कुमारलाई त्यतिबेलासम्म पनि विवाहको भान थिएनन् । जब उनलाई पाग लगाएर दुल्हाको पोशाकमा सजाएर उनको गालामा वरमाला लगाएपछि जबरदस्ती विवाह भएको बुझ्न सकेका थिए ।
त्यति मात्र होईनन्, विनोदलाई जबरदस्ती उनको बहिनीको ननदको साइनो (माँग) मा सिन्दुर हाल्न लगाएपछि उनी विवाहबाट ईन्कार गरेको बुझिएको छ । विनोदले समाजसँग आफ्नो विवाह जबरदस्ती गराएको र आफ्नो अनुकुल नभएको प्रतिक्रिया दिएका छन् । उनले विवाहबाट इनकार गरेका हुन् ।
विनोद कुमारको विवाहको भिडियो अहिले समाजिक सँजालमा भाइरल पनि बनेको छ । भिडियोमा विनोदको जबरदस्ती हात समातेर वरमाला पहिराउन दबाब दिएको देखिएको छ । त्यही दुल्ही भने अर्को छेउमा चुपचाप उभिएको देखिएको छ ।
विनोद कुमारले भनेका छन् की उनी आफ्नो मर्जीले मात्र विवाह गर्नेछ । विनोदले यो विवाहलाई स्वीकार नगर्ने पक्षमा रहेको छ । त्यही उनको बहिनीको ससुरापक्षले विनोद कुमार आन्तरिक कुराहरु लुकाइरहेको आरोप लगाएका छन् ।
परिवारजनको अनुसार, विनोद जहिले पनि आफ्नो बहिनीको ससुराल जान्थे, उनको ननदसँग लुकिछीपी भेटघाट गर्थे । दुवै जनाको बीच प्रेम सम्बन्ध रहेको दाबी परिवारजनले गरेको छ । त्यसै अनुरुप दुवै जनाको विवाह गराइदिएको बुझिएको छ ।
जानकारी अनुसार, अहिले विनोद दुल्हीलाई उनकै गाउँमा छोडेर आफ्नो गाउँ गएको छ । दुल्ही आफ्नो परिवारजनसँग बसेको बुझिएको छ । यो घटना पश्चात दुवै परिवारजनबीच सम्झौताको कुरा चलिरहेको छ ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।
















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…