हातखुट्टा बाँधेर वडाध्यक्षद्धारा निर्घात कुटपिट, दानवताको पराकाष्ठा (भिडियो सहित)
न्यूज ब्यूरो || जनकपुरधाम, १२ चैत्त । महोत्तरीमा एक दलितलाई वडाध्यक्षले हातखुट्टा बाँधेर निर्घात कुटपिट गरेका छन् । महोत्तरीको सोनमा गाउँपालिका वडा नं. ७ का वडाध्यक्ष महेश यादवले स्थानीय एक व्यक्तिलाई हातखुट्टा बाँधेर निर्मतापूर्वक कुटपिट गरिरहेको भिडियो समाजिक सञ्जालमा आएपछि सबैको ध्यानाकर्षण भएको

२०७४ चैत १२ सोमबार, बेलुकी ७:२४ बजे२ मिनेट पढाइ

न्यूज ब्यूरो ||
जनकपुरधाम, १२ चैत्त । महोत्तरीमा एक दलितलाई वडाध्यक्षले हातखुट्टा बाँधेर निर्घात कुटपिट गरेका छन् ।
महोत्तरीको सोनमा गाउँपालिका वडा नं. ७ का वडाध्यक्ष महेश यादवले स्थानीय एक व्यक्तिलाई हातखुट्टा बाँधेर निर्मतापूर्वक कुटपिट गरिरहेको भिडियो समाजिक सञ्जालमा आएपछि सबैको ध्यानाकर्षण भएको हो ।
भिडियोमा नाम नखुलेको स्थानीय एक धोवी दलितलाई कार्यालयमा पञ्चायत बोलाउँदै दादागिरी देखाएको हेर्न सकिन्छ ।
भिडियो यस्तो छ, हेर्नुहोस
घटनाको बारेमा प्रहरी प्रशासनलाई समेत कुनै प्रकारको जानकारी नभएको बताइएको छ ।
महोत्तरीको गौशाला प्रहरीका प्रहरी नीरिक्षक भोला भट्टले न्यूज ब्यूरोसँग कुरा गर्दै भने , सोनमा गाउँपालिका वडा नं. ७ सुन्दरपुर हाम्रो ईलाका हो, तर कुटपिट गरिएको घटनाबारे कुनै प्रकारको उजुरी वा निवेदन अहिलेसम्म आएको छैन, त्यसैले मैले यसबारे थप जानकारी दिन मिल्दैन ।
जिल्ला प्रहरी कार्यालय महोत्तरीले समेत घटनाबारे कुनै प्रकारको जानकारी नभएको स्वीकार गरेका छन् ।
करिब एक साता अघि भएको यो घटना एक सातापछि मात्र फेसबुकहरुमा भिडियो भाईरल भएपछि बाहिर आएको हो ।
"स्थानीय एक महिला आफ्नो जेठाजु (भैँसुर) सँग अनैतिक सम्बन्ध राखेको रहेछ, कुटपिट गरिएका पुरुष भने तीनै व्यक्ती हुन जसले आफ्नो बुहारी (भावो) सँग अनैतिक सम्बन्ध राखेको रहेछन् । बारम्बार त्यस्ता काण्डमा दुवै जना मुछिएको जानकारी पाएको छु, मलाई यथार्थ थाहा भएन, तर केही महिनाअघि पनि दुबै जनाको अनैतिक सम्बन्ध बारे गाउँटोलमा चर्चा चलेपछि स्थानीयहरुले सम्झाएका थिए र धपाएका पनि थिए, तर ती पूरुष कमाउने बहानाले भारत गए, ३ ४ महिनापछि पुनः घर फर्केपछि त्यही घटना फेरी दोहरयाएपछि स्थानीयहरु आक्रोसित भयो ।" सोनमा गाउँपालिकाका प्रमुख राज कुमार यादवले न्यूज ब्यूरोसँग भने ।
उनले भने, त्यति हुँदा पनि, बारम्बार सचेत गराउँदा पनि नमानेको र केही दिन अघि मात्र उँखु काट्न गएका दुबै जना खेतमै आपत्तीजनक अवस्थामा पक्राएपछि स्थानीयहरुले वडाध्यक्षलाई खवर गरी अन्तिम पञ्चायत बोलाएको बुझिएको छ । पञ्चायत बोलाएपछि वडाध्यक्षले कुटेको नकुटेको मलाई फेरी थाहा भएन ।
यता, भिडियोमा देखिएको घटनाप्रति सरोकारबालाहरु समेत चासो लिएका छन् भने यसलाई मानव अधिकार हनन्को घटनाको सँज्ञा दिइएको छ ।
वडाध्यक्ष यादवसँग सम्पर्क गर्दा उनको मोबाईल भने स्वीच अफ थियो ।
जनप्रतिनीधि हुँदैमा कानुनको दायरामा नलगि आफूखुसी यसरी निर्ममतापूर्वक कुटपिट गर्नु भनेको वडाध्यक्षको दादागिरी भएको बताइएको छ ।
(यो घटनाको केही जानकारी मात्र उल्लेख गरिएको छ, हामी शिघ्र पूर्ण विवरण दिनेछौँ )
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…