जनकपुरः पेट्रोल पम्प सँचालकमाथि साँघातिक आक्रमण
राइलाई बिशेष उपचारको लागि जनकपुरधाम बाहिर लैजाने तयारी भइरहेको उनले बताए । उद्घाटन हुन अझै पनि तीन चार दिन बाँकी रहेको जानकारी दिँदै उनले भने,‘संचालन नहुँदै यो हालत छ भने हामीले कसरी व्यवसाय चलाउने’।

२०७८ माघ १७ सोमबार, बिहान ८:५७ बजे२ मिनेट पढाइ
न्यूज ब्यूरो, जनकपुरधाम । मधेश प्रदेशको राजधानी जनकपुरधामस्थित एक पेट्रोल पम्पका सँचालकमाथि साँघातिक आक्रमण गरिएको छ ।
मधेश प्रदेशको धनुषा जिल्लाको गणेशमान चारनाथ नगरपालिका वडा नम्बर ४ वीरेन्द्र बजारस्थित निर्माणाधिन धनुषा आयल स्टोर्स ,पेट्रोल पम्पका म्यानेजर भुपेन्द्र राईलाई निर्घात रुपमा कुटपिट गरेको छ ।
आईतबार दिउँसो करिब २ बजेको समयममा बिजय हाथी, कमलेश साह, मिथिलेश साह लगायतको समूहले निर्माणधीन पेट्रोल पम्पका सँचालक एवम् म्यानेजरमाथि आक्रमण गरेको बताईएको छ ।
सात वटा मोटरसाइकलमा तीन÷तीन जना सवार भइ आएका व्यक्तिहरुले गाली गलौज गर्दै म्यानेजर राइलाई ईट्टाले प्रहार गरेको पप्मका संचालक तथा पेट्रोलियम डिलर्स एशोसिएन जनकपुरधामद्धारा जारी गरिएको प्रेस विज्ञप्तिमा उल्लेख छ ।
.jpeg)
एशोसिएशन धनुषाका अध्यक्ष विष्णुदेवका अनुसार, पप्मको उद्घाटन नहुँदै प्रत्येक दिन गुण्डा तत्वहरुले कहिले पेट्रोल माग्न आउने त कहिले पाँच÷दश हजार नगद माग गर्ने गरेको थियो, गुण्डागर्दी गर्दै धाकधम्की दिँदै आएको थियो ।’
कुटपिटमा राईको मुख र टाउकोमा गंभीर चोट लागेको छ । गुण्डागर्दी वापतको चन्दा माग्नेहरुले नै निर्घात हुने गरी म्यानेजर राईलाई कुटपीट गरेको उनले बताए ।


















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…