सुपरजोनअन्तर्गतको कृषिकरणका कार्यहरु प्रगत्तितर्फः वक्ताहरु
न्यूज ब्यूरो, जनकपुरधाम । कृ षि सुपरजोन अन्तर्गत रहेको कृषिकरणहरु अहिले प्रगतिको मार्गमा रहेको वक्ताहरुले एक कार्यक्रममा बताएका छन् । मधेश प्रदेशको प्रधानमन्त्री कृषि आधुनिकरण परियोजना कार्यन्वयन एकाई धनुषाको सहकार्यमा सम्पन्न एक दिने गोष्ठी कार्यक्रमम सहभागी वक्ताहरुले सुपरजोन अन्तर्गतका कृषिकरण का

२०७८ माघ १५ शनिबार, बिहान ९:५९ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, जनकपुरधाम । कृषि सुपरजोन अन्तर्गत रहेको कृषिकरणहरु अहिले प्रगतिको मार्गमा रहेको वक्ताहरुले एक कार्यक्रममा बताएका छन् ।
मधेश प्रदेशको प्रधानमन्त्री कृषि आधुनिकरण परियोजना कार्यन्वयन एकाई धनुषाको सहकार्यमा सम्पन्न एक दिने गोष्ठी कार्यक्रमम सहभागी वक्ताहरुले सुपरजोन अन्तर्गतका कृषिकरण कार्यहरु प्रगतितर्फ रहेको जिकिर गरिएको छ ।
धनुषा जिल्ला समन्वय समितीका अध्यक्ष रामदेब बनरैट यादवको प्रमुख आतिथ्यमा आयोजना गरिएको एकदिने गोष्ठी कार्यक्रममा बोल्दै उनले कृषि क्षेत्रमा सुधार हेतु यस्ता गोष्ठीहरुबाट कृषकहरुमा सहयोग पुग्ने छ र सुपरजोन टिम युगल किशोर तिवारीले गरेका कामहरु नयाँ प्रवद्न गरेको कामहरु प्रशंसनीय रहेको बताए ।
सो कार्यक्रममा बिशिस्टको आसनबाट बोल्दै मन्त्रालयका सचिव नम्रता सिंहले कृषि क्षेत्रमा गरेको कामहरु संतोषजनक भएपनि अझै सुधार गर्नुपर्ने आवश्यकता औलाइन् ।
“सरकारले दिएको बजेट खर्छ अर्नु फ्रीज चाहिँ नगर्नु किसानलाई हुने जति नया नया तरिका उव्जाउन लागि प्राविधिक देखि प्रवधीहरु दिएर सहयोग गर्नुस्” उनले सुझाव समेत दिइन् ।
नेपाल सरकार कृषि तथा पशुपंक्षी मन्त्रालय प्रधानमन्त्री कृषि आधुनिकरण परियोजना प्रदेश समन्वय इकाई धनुषाका कार्यलय प्रमुख युगल किशोर तिवारीले मधेश प्रदेशा अन्तर्गत जिल्लाका प्राथमिकता वाली / वस्तु लगायत कृषि सम्वन्धी विषय वस्तुहरुमा जानकारी गराएको थियो ।
ओत्रैमासिक तथा अर्धवार्षिक प्रगती समिक्षा गोष्ठी कृषि यान्त्रिकरण प्रवर्द्धन केन्द्र नकटाझिज धनुषामा भएको थियो । सो कार्यक्रममा बिशिस्ट अतिथी भुमी व्यवस्था कृषि तथा सहकारी मन्त्रालयसचिव डा.नम्रता सिंह ,डा.जीत चांद PNAMP,PiU कृषि विकास निर्देशनालय डा.रत्न कुमार झा लगायत अन्य कृषि क्षेत्रका सरोकारबाला प्रतिनिधिहरु सहभागिता रहेको थियो ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।

















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…