किसान पहिचानको लागि आज मधेशमा निकाले 'पगरी जुलुस'
किसानहरुले टाउको पगरी लगाएर विभिन्न शहरमा प्रदर्शन गरेको हो ।

२०७८ माघ १४ शुक्रबार, बेलुकी ७:२८ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, जनकपुरधाम । डा. सिके राउत नेतृत्वको जनमत पार्टी र मधेशका किसानहरुले विगत १ महिना ५ दिनदेखि जारी राखेको किसान आन्दोलन शुक्रबार पनि जारी रहयो ।
शुक्रबार मधेशका किसानहरुले खेतमा जाँदा लगाउने पगडी लगाएर मधेश प्रदेशको विभिन्न जिल्लामा प्रदर्शन गरेको छ । किसानहरुले आफ्नो हक अधिकारको लागि निरन्तर आन्दोलनरत छन् ।
किसानहरुले मल, खाद, बीउ सहज रुपमा उपलब्ध हुनुपर्ने तथा बिजुलीबाट हुने सिँचाईको लागि निःशूल्क सिँचाई हुनुपर्ने लगायका माग राखी एक महिनादेखि नै आन्दोलनमा रहेको छ ।
तर, अहिलेसम्म प्रदेश सरकार वा केन्द्र सरकारले नै खासै चासो नलिएपछि किसान आन्दोलन अझै जारी रहेको छ । सोही क्रममा आज पगरी जुलुस निकालिएको हो ।
किसानहरुले टाउको पगरी लगाएर विभिन्न शहरमा प्रदर्शन गरेको हो । उनीहरुले किसानको माग पूरा गर्न दबाब स्वरुप पगडी लगाएर प्रदर्शन गरेको हो ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।

















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…