राजपाको नेताद्धारा स्वास्थ्यकर्मीलाई यौन शोषण, यस्तो छ कहानी !
राजपाका नेता रमन सिंहले आफूलाई शारीरिक शोषण गर्नुका साथै रकम समेत लिए

२०७४ चैत १२ सोमबार, दिउँसो ४:१० बजे२ मिनेट पढाइ
सुमित मिश्र ||
जनकपुरधाम, १२ चैत्त । सोमबार प्रदेशसभा बैठक सकाएपछि प्रदेश सांसदहरु बाहिर निस्कँदै थिए ।
त्यो भीडमा राजपा महामन्त्री मनिष सुमन पनि थिए ।
प्रदेशसभा भवनको ढोका बाहिर निस्कन नपाउँदै एक महिलाले उनलाई रोकिन् र हातमा बोकेको कागजको पन्ना देखाउँदै हार गुहार गर्न थालिन् ।
उनी रहेछिन्, निशा झा ।सुरुमा चर्को स्वरले चिच्याएकी उनी सांसदहरुले के भयो भनेर सोधेपछि केही नम्र भइन् । निशाले बताए अनुसार उनी स्वास्थ्यकर्मी पनि हुन् ।
तर, सरुवा गराइदिन्छु भन्दै राजपाका नेता रमन सिंहले आफूलाई शारीरिक शोषण गर्नुका साथै रकम समेत लिएर भागेको उनको आरोप छ ।
ठगीको आरोपमा उनी जेल परेकी थिइन् । जेलबाट छुटेपछि पूर्व चिनजान भएका रमनले राजपा नेता राजेन्द्र महतोलाई भेटाउँछु भन्दै काठमाडौं ल्याएको भन्दै उनले भनिन्, ‘त्यसपछि उनले दुर्व्यहार र शोषण गरे ।’
सांसदहरुले तपाईलाई न्याय दिलाउँछन् भने । तर, निशाको चित्त बुझेनछ र म कहाँ९कहाँ जाउँ भन्दै कराउन थालिन् । यो सायद राजपा नेता एवं सांसद मनिषलाई मन परेन, उनी पनि आक्रोसित मुद्रामा प्रस्तुत भए ।

















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…