धनुषाको हरिपुरमा टि–२० क्रिकेट टुर्नामेन्ट हुँदै
खेलमा हरिपुर युवा कल्बका राजेश कुमार सहनी ,टिम क्याप्टेन राकेश दास,अमित यादव,धिरज सहनी लगायतका युवाहरुको सहयोग रहेको छ ।

२०७८ माघ १० सोमबार, बिहान ९:५९ बजे१ मिनेट पढाइ
न्यूज ब्यूरो, जनकपुरधाम । धनुषाको धनुषाधाम नगरपालिका वडा नं ६ हरिपुरस्थित टी–२० क्रिकेट टुर्नामेन्ट हुने भएको छ ।
हरिपुर युवा कल्ब द्वारा आयोजित टी–२० क्रिकेट टुर्नामेन्ट माघ १५ गते देखि सुरु हुने भएको छ । त्यसको लागि इच्छुक टिमहरु माघ १४ गते भित्र समयमा आफ्नो आवेदन दिन अनुरोध गरेको छ ।
खेलमा प्रथम पुरुस्कार ५१ हजार साथमा ट्रोफी र दोस्रो पुरुस्कार २५ हजार साथमा ट्रोफी सहभागी टिमहरुलाई युनिफर्म अनिवार्य हुनु पर्ने ,खेलमा एलबीडब्लुवाहेक आईसीसीको सबै नियम लागू क्लबका अध्यक्ष सरोज कुमार महतोले जानकारी दिए ।
खेलमा हरिपुर युवा कल्बका राजेश कुमार सहनी ,टिम क्याप्टेन राकेश दास,अमित यादव,धिरज सहनी लगायतका युवाहरुको सहयोग रहेको छ ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।
















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…