मधेश प्रदेश नामाकरण भएपछि धनुषाको हँसपुरमा मेयर कप भलिबल प्रतियोगिता हुँदै
मेयर मण्डलले प्रथम पुरस्कार एक लाख नगद, ट्रफी, मेडर र प्रमाणपत्र, दोस्रो पुरस्कार ५० हजार ट्रफी, मेडल र प्रमाणपत्र र तेसे पुरस्कार २५ हजार नगद, ट्रफी, मेडल र प्रमाण पत्र रहेको जानकारी दिएका छन् । सो प्रतियोगिताको रेफ्री संयोजक भरत यादवलाई चयन गरिएको छ ।

२०७८ माघ ६ बिहीबार, बिहान ९:३५ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, जनकपुरधाम । मधेश प्रदेशको धनुषा जिल्लाको हंसपुर नगरपालिकाले प्रदेशको नाम मधेश प्रदेश र स्थायी राजधानी जनकपुरधाम भएको खुशियालीमा भलिवल प्रतियोगिताको आयोजना गर्ने भएको छ ।
हंसपुर नगरपालिकाका मेयर रामज्ञान मण्डलले आयोजना हुनलागेको भलिबल प्रतियोगितामा आफ्नो जिल्ला वा क्लबाट सहभागिताको लागि आग्रह गरेका छन् ।
माघ ७ गते १ बजे सम्म मात्र दर्ता हुने जनाइएको छ । माघ ७ गतेदेखि १२ गते सम्म चल्ने सो प्रतियोगिताको समुद्घाटन पर्साही चोकमा हुने जनाइएको छ ।
मेयर मण्डलले दिएको जानकारी अनुसार सम्पूर्ण खेल नेपाल भलिबल संघको नियमानुसार खेलाइने र जिल्ला बाहिरका टिमहरुकोलागि यातायात, बस तथा खानाको व्यवस्था आयोजकले व्यवस्थापन गर्ने जनाइएको छ ।
खेलाडी संख्या ९ जना, टिम व्यवस्थापक १ जना र कोच १ जना गरी टिम ११ जनाको हुने र सम्पूर्ण खेल सम्बन्धी अन्तिम निर्णय रेफ्री र आयोजकले गर्ने प्रावधान राखिएको मेयर मण्डलले जानकारी दिए ।
सो प्रतियोगितामा खेलाडिको पोशाक अनिवार्य हुनुपर्ने, खेल शुरु हुनु आगाडि सहभागी टिम ३० मिनेट अगावै उपस्थित हुनुपर्ने, प्रत्येक खेलमा वेष्ट प्लेयर, वेष्ट स्पीकर, वेष्ट ब्लकर, वेष्ट सटर र वेष्ट डिफेण्डरलाई पुरस्कृत गर्ने जनाइएको छ ।
मेयर मण्डलले प्रथम पुरस्कार एक लाख नगद, ट्रफी, मेडर र प्रमाणपत्र, दोस्रो पुरस्कार ५० हजार ट्रफी, मेडल र प्रमाणपत्र र तेसे पुरस्कार २५ हजार नगद, ट्रफी, मेडल र प्रमाण पत्र रहेको जानकारी दिएका छन् । सो प्रतियोगिताको रेफ्री संयोजक भरत यादवलाई चयन गरिएको छ ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।
















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…