बिराट कोहलीले दिए कप्तानबाट राजीनामा
उनले विज्ञप्तिमा भनेका छन्, “म सधैँ हरेक चिजमा १२० प्रतिशत योगदान दिन चाहन्छु । यदि मैले त्यो गर्न सकिनँ भने गलत हुन्छु ।

२०७८ माघ १ शनिबार, राति ८:१४ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, जनकपुरधाम । भारतीय क्रिकेट टिमका विराट कोहलीले भारतीय टेस्ट क्रिकेट टोलीको कप्तानबाट राजीनामा दिएका छन् ।
दक्षिण अफ्रिकाविरुद्धको शृङ्खलामा लज्जास्पद हार बेहोरेपछि विराट कोहलीले भारतीय टेस्ट क्रिकेट टोलीको कप्तानबाट राजीनामा दिएका हुन । शनिबार एक विज्ञप्ति जारी गर्दै कोहलीले कप्तान पदबाट राजीनामाको घोषणा गरेका हुन् ।
उनले विज्ञप्तिमा भनेका छन्, “म सधैँ हरेक चिजमा १२० प्रतिशत योगदान दिन चाहन्छु । यदि मैले त्यो गर्न सकिनँ भने गलत हुन्छु । म यो कुरालाई लिएर स्पष्ट छु र आफ्नो टोलीसँग बेइमानी गर्न सक्दिनँ ।”
टोलीलाई सही दिशा दिनका लागि आफूले ७ वर्ष हर दिन कठिन परिश्रम गरेको उल्लेख गर्दै उनले लेखेका छन्, 'मैले आफ्नो काम पुरा इमानदारी साथ गरेँ र कुनै कसर बाँकी राखिनँ । हरेक कुरा कुनै न कुनै मोडमा रोकिनु नै पर्छ र टेस्ट टोलीको कप्तानको रूपमा मैले रोकिनुपर्ने यही समय हो ।'
कोहलीले टी २० विश्वकप सुरु हुन अघि नै कप्तानी छाडेका थिए भने दक्षिण अफ्रिकाको शृङ्खला अघि उनलाई एकदिवसीय कप्तानबाट हटाइएको थियो । चयनकर्ताले सेतो बलको क्रिकेटमा दुईवटा कप्तान हुन नसक्ने बताएका थिए ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।

















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…