राष्ट्रिय भारात्तोलन प्रतियोगितामा प्रदेश २ का खेलाडीहरुको उत्कृष्ट प्रदर्शन
यादवले नेपाल प्रहरी, शसस्त्र प्रहरी,नेपाल आर्मी जस्तोलाई हराउदै कास्य पदक जितेक छन।

२०७८ पुस ३० शुक्रबार, बिहान १०:२२ बजे१ मिनेट पढाइ
न्यूज ब्यूरो, जनकपुरधाम । राष्ट्रिय भारात्तोलन प्रतियोगितामा प्रदेश नम्बर २ का खेलाडीहरुले उत्कृष्ट प्रदर्शन गरेका छन् ।
नेपाल भारोत्तोलन संघ द्वारा आयोजना २४ औं पुरुष तथा ९ औं महिला राष्ट्रिय भारोत्तोलन प्रतियोगितामा प्रदेश नम्बर २ को विभिन्न जिल्लाका खेलाडीहरुले जीत हाँसिल गरेका छन् ।
प्रदेश नम्बर २ मा पर्ने धनुषा,महोत्तरी,राजबिराज लगायतका जिल्लाहरुका खेलाडीहरुले नेपाल प्रहरी, शसस्त्र प्रहरी, नेपाल आर्मीलगायतका खेलाडीहरुलाई हराउदै जित हासिल गर्न सफल भएका हुन् ।
सो त्रममा धनुषाबाट युथ खेलाडी समिरन यादवले स्वर्ण पदक जितेका छन भने महोत्तरीको सिनियर खेलाडी राज गुरु यादवले आफ्नो प्रतिभा देखाउँदै उत्कृष्ट प्रदर्शन गरेका छन ।
यादवले नेपाल प्रहरी, शसस्त्र प्रहरी,नेपाल आर्मी जस्तोलाई हराउदै कास्य पदक जितेक छन। यस्तै धनुषाबाट राहुल मिश्रले पनि उत्कृष्ट प्रदान गर्दै कास्य पदक जितेका छन।
खेलमा सहभागी खेलाडीहरुलाई जनता समाजवादी पाटीका युवा नेता जीतेन्द्र कुमार यादवले विभिन्न समयमा समाग्री सहयोग गरेको भन्दै धन्यवाद समेत ज्ञापन गरेका छन् ।

















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…