श्रीमान रोजगारीमा जाँदा श्रीमतिले गरिन देवरसँग बिहे, युवक झुण्डिएको अवस्थामा फेला
जुन श्रीमति र छोराछोरीको लागि रोजगारी खोज्दै अर्को शहर गएका थिए त्यही श्रीमतिले भाईसँग बिहे गरेपछि उनी केहीदिनदेखि तनावमा थिए । सोमबार साँझ उनी आफ्नै घरमा झुण्डिएको अवस्थामा भेटेपछि तथ्य बाहिर आएको हो ।

२०७८ पुस २८ बुधबार, बिहान ९:३७ बजे१ मिनेट पढाइ
न्यूज ब्यूरो, जनकपुरधाम । श्रीमान रोजगारीमा जाँदा श्रीमतिले उनकै देवरसँग बिहे गरेको घटनापछि युवक झुण्डिएको अवस्थामा फेला परेको छ ।
छिमेकी मुलुक भारतको बैलों गाउँस्थित एक युवक मँगलबार आफ्नै घरमा झुण्डिएको अवस्थामा फेला परेपछि घटना बाहिर आएको हो । रोजगारीको लागि करिब १४ बर्षअघि हैदरावाद गएपछि उनकी श्रीमतिले उनको भाईसँग बिहे गरेको खुलेको छ ।
रोजगारी खोज्दै बैलों गाउँबाट हैदरबाद गएपछि स्थानीय सँत कुमारले परिवारजनसँग १४ बर्षसम्म सम्पर्कमा नआएको बुझिएको छ । जब उनी १४ बर्षपछि घर आए उनको श्रीमति उनकै भाईसँग बिहेबारी गरी बालबच्चा समेत भएको थाहा पाएको बताइएको छ ।
जुन श्रीमति र छोराछोरीको लागि रोजगारी खोज्दै अर्को शहर गएका थिए त्यही श्रीमतिले भाईसँग बिहे गरेपछि उनी केहीदिनदेखि तनावमा थिए । सोमबार साँझ उनी आफ्नै घरमा झुण्डिएको अवस्थामा भेटेपछि तथ्य बाहिर आएको हो ।
बैलों गाउँ बस्ने सँत कुमारले हैदरावाद गएपछि परिवारजनसँग सम्पर्क तोडेको बताइएको छ । घरमा रहेकी उनकी श्रीमति र दुई बच्चा सहित आमा र कान्छो भाई रामुको पनि कुनै जानकारी लिएनन् ।
जब १४ बर्षसम्म कुनै सम्पर्क गरेनन आतिएका परिवारजनले उनको सबै ठाउँमा खोजबिन गरयो । तर उनी भेटाएनन् । ८ बर्षसम्म प्रतिक्षा गर्दा गर्दै परिवारजनले उनलाई मृत मानेको बताइएको छ ।

















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…