मोटरसाईकलको टयाँकीमा ३८ लाख बढी, एक युवक पक्राउ
प्रदेश २–०२–००१ प ०४८८ नम्बरको अपाची मोटर साइकल चेकजाँच गर्दा स्रोत नखुलेको रुपैयाँसहित धनुषाको लक्ष्मिनिया गाउँपालिका(२ का अमित यादव पक्राउ परेका हुन् ।

२०७८ पुस २२ बिहीबार, राति ९:१९ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, जनकपुरधाम । धनुषाको जटहीबाट सशस्त्र प्रहरीले स्रोत नखुलेको ३८ लाख ३५ हजार नेपाली रुपैयाँसहित एक जनालाई पक्राउ गरेको छ ।
भारतबाट नेपालतर्फ मोटरसाइकलको ट्यांकीमा लुकाएर ल्याउँदै गर्दा स्रोत नखुलेको रुपैयाँ प्रहरीले बरामद गरेको हो ।
चेकजाँचको क्रममा प्रहरीले मोटर साइकलको ट्यांकीभित्र लुकाएर ल्याउँदै गरेको स्रोत नखुलेको रुपैयाँ बरामद गरेको हो ।
प्रदेश २–०२–००१ प ०४८८ नम्बरको अपाची मोटर साइकल चेकजाँच गर्दा स्रोत नखुलेको रुपैयाँसहित धनुषाको लक्ष्मिनिया गाउँपालिका-२ का अमित यादव पक्राउ परेका हुन् ।
नंम्बर २ छिन्नमस्ता बाहिनी महोत्तरी र बोर्ड आउट पोस्ट (बीओपी) जटहीको संयुक्त टोलीले यादवलाई स्रोत नखुलेको रुपैयाँसहित पक्राउ गरेको हो ।
चेकजाँचको क्रममा सशस्त्र प्रहरीले ट्यांकीभित्र लुकाएको अवस्थामा ३८ लाख ३५ हजार रुपैयाँ बरामद गरेको हो ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।
















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…